भूमिहीन सुकुम्बासीलाई मन्त्री रावलको आश्वासन : ढुक्क हुनुस्, सरकारले लालपुर्जा दिन्छ

दलित अनलाइन भदौ ८, २०८३

काठमाडौँ —  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुम्बासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन्। ‘तपाईंहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ’, मन्त्री रावलले भनिन्, ‘यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरूलाई लालपुर्जा दिन्छ।’ उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताइन्।

अहिलेको कानुनले सुकुम्बासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो। ‘देशैभरका सुकुम्बासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अडचन छन्’, उनले भनिन्, ‘सुकुम्बासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौं।’

सरकारले भूमिहीन सुकुम्बासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताइन्। ‘तपाईंहरू बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन’, उनले भनिन्, ‘तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरूलाई लालपुर्जा दिन्छ।’ उनले सुकुम्बासीलाई अफवाहमा नलाग्नसमेत आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank