वालिघरे प्रथा र छुवाछुत विरुद्धको ‘आरन’

दलित अनलाईन २५ फाल्गुन २०७५, शनिबार ११:१४

सुर्खेत – काइँलो, एक दलित पात्र । ऊ आरन चलाएर अरूकोमा बनिबुतो गरेर जीविकोपार्जन गरिरहेछ । अर्को पात्र माइला पण्डित, समाजमा आफ्नो हैकम चलाउँछ । माइला पण्डितको छोरो र काइँलाकी छोरी प्रेममा छन् । उनीहरू सम्बन्धलाई परिवारले नस्वीकार्ने डरले भागेर बिहे गर्छन् ।

यो कुराले माइलो पण्डितलाई आक्रोशित बनाउँछ । उसले काइलालाई जेलमा सडाउनेसम्मको धम्की दिन्छ । उसको धम्कीबाट आजित काइलाले पनि अब आफू दमित भएर माथिल्लो वर्गको थिचोमिचो र भेदभाव नसहने भन्दै पण्डितलाई चेतावनी दिन्छ ।

काइलाको चेतावनी संवादसँगै सकिएको नाटक ‘आरन’ शुक्रबार कर्णाली रारा नाटक महोत्सवमा मञ्चन गरियो । सांस्कृतिक संस्थान र आरंग नेपालद्वारा आयोजित महोत्सवको दोस्रो दिन शुक्रबार सोलुखुम्बु नाट्य समूहका लागि युवराज शर्माले निर्देशन गरेको ‘आरन’ र खप्तड सांस्कृतिक मञ्च कैलालीका लागि पुष्प अवथीले निर्देशन गरेको ‘छाउ’ प्रदर्शन गरिए । दुवैले राम्रो दर्शक र पर्याप्त ताली पनि पाए । दुवै नाटकले सामाजिक कुप्रथा चिर्ने प्रयत्न गरेको सांस्कृतिक संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकरशर्माले बताए ।


साताव्यापी लामो राष्ट्रिय नाटक महोत्सवमा प्रत्येक दिन दुईरदुई नाटक मञ्चन भइरहेको छ । महोत्सव अवधिमा प्रत्येक प्रदेशका दुईरदुई नाटक प्रदर्शन हुनेछन् । ‘आरन’ जातीय छुवाछुत र ‘छाउ’ छाउपडी प्रथाविरुद्धका कथा हुन् । ‘आरन’ मा देवकी थुलुङ, चक्रसागर राई, वासुदेव शर्मा, जगन्नाथ बाँस्तोला, बबिना कट्टेल, मनीषा शर्मा, विनीता घिमिरे, सम्पदा राईलगायत १९ कलाकारको अभिनय छ ।
फरक परिवेशमा बनेका दुई नाटक एकै दिन प्रदर्शन हुँदा सकारात्मक सन्देश प्रवाह भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले बताए । ‘कलाकारको अभिनय जीवन्त छ,’ उनले भने, ‘एउटा विषयवस्तुमा केन्द्रित गरिए पनि कलाकारले नेपाली समाजका सबै पक्षलाई सशक्त ढंगबाट प्रस्तुत गरेका छन् ।’ कर्णाली प्रदेश योजना आयोगका सदस्य डा।दीपेन्द्र रोकायाले समाजमा लुकेका प्रसंग ल्याएर नाटकलाई बलियो बनाइएको बताए ।
‘छाउ’ उमेश र रिनाको प्रेमकथाको वरिपरि घुमेको छ । जसमा सुदूरपश्चिम प्रदेशका अन्य सामाजिक कथाहरू पनि समेटिएका छन् । ‘छाउ’ का निर्देशक अवस्थीले नाटककै माध्यमबाट कुप्रथा हटाउन निर्देशनमा हात हालेको बताए । ‘नाटक हेरेर विभिन्न कुप्रथाबाट गुज्रिरहेको परिवारमा सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘कर्णालीमा पनि यसको मञ्चन सफल भयो ।’
नाटकमा प्रल्हाद खरेल, राजन भुजेल, सचिन मल्ल, सगुन पोखरेल, अमृता श्रेष्ठ, चाँदनी शाही, विनीता भण्डारीलगायत ११ कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank