समाजवादी मोर्चा गठन गर्ने प्रधानमन्त्री प्रचण्डकाे घोषणा

दलित अनलाईन १० बैशाख २०८०, आईतवार १७:३९

काठमाडौं — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन्।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताए।

उनले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राखे। मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिबेट सुरु हुने प्रचण्डले बताए।

उनले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरि सरकारले तयारी गरिरहेको बताए। उनले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राखे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टबीचको एकतालाई तीव्रताका साथ अघि बढाइने बताए। उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लािग पनि विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा समान भएका दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राखे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्वार्थका लागि हुने एकताले सार्थकता नपाउने जिकिर गरे। समाजवादी क्रान्तिको कार्यदिशा, लक्ष्य, सिद्धान्तमा वैचारिक एकता भएपछि मात्रै पार्टी एकता गर्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank