‘मौलिक हक कार्यान्वयन नहुँदा जनताको अवस्था बदलिएन’

दलित अनलाईन २७ बैशाख २०८१, बिहीबार १७:४२

काठमाडौँ — सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले संविधानले मौलिक हकमा व्यवस्था गरेका कुराहरु व्यवहारमा कार्यान्वयन हुन नसक्दा जनताको अवस्था बदल्न नसकिएको बताएकी छन्।

काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गरेर अगाडि जान सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य पूर्ति हुने बताइन्।

उनले् भनिन्,‘हामीले मौलिक हकमा धेरै कुरा व्यवस्था गर्‍यौं। कानुनमा धेरै कुरा व्यवस्था ग¥यौं तर त्यही कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा व्यवस्था बदल्यौं अवस्था बदल्न बाँकी छ। जे कुरा भनिरहेको छौं, त्यो कार्यान्वयन फितलो छ। हाम्रो संविधानमा व्यवस्था गरेका कुराहरु कानुनद्धारा र व्यवहारद्धारा कार्यान्वयन गरेर हामी अगाडि जान सक्यौ भने जे उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, त्यो बल्ल पूर्ति हुने छ।’

उनले गाउँ ठाउँमा रहेका प्रतिभाहरुलाई कला संस्कृतिको माध्यमबाट राष्ट्रिय कलाकारिताको मूलप्रवाह ल्याउन आवश्यक रहेको बताइन्। गाउँ–गाउँमा रहेका प्रतिभालाई राष्ट्रिय रुपमा व्यवस्थित गर्नका लािग पनि उनले प्रतिबद्धता जनाइन्।

उनले भनिन्, ‘हाम्रो गाउँ ठाउँमा रहेका प्रतिभालाई राष्ट्रिय कलाकारिताको मूल प्रवाह ल्याउन सकौं। गाउँ–गाउँमा रहेका प्रतिभाहरुलाई राष्ट्रिय रुपमा व्यवस्थित गर्नका लािग नेपाल सरकार प्रतिबद्ध छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank