नोवेल मेडिकल कलेजले दिएन् शव : दलित परिवारले मृत्यु संस्कार गर्न पाएनन्

दलित अनलाईन २१ भाद्र २०७७, आईतवार २२:४४

विराटनगर —उपचार गरेको रकम तिर्न नसकेको भन्दै अस्पतालले शव लैजान रोक लगाएपछि एक दलित परिवारले मृत्यु संस्कार गर्न पाएका छैनन् ।
उपचारको शुल्क तिर्न नसकेको भन्दै विराटनगर स्थित नोवेल मेडिकल कलेज (टिचिङ अस्पताल)ले शव लान निदएपछि एक दलित परिवारले मृत्यु सँस्कार गर्न नपाएका हुन् ।
भदौ १९ मा उपचारका क्रमममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका–६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कींको परिवार उपचार र औषधी वापतको ११ लाख रुपैया तिर्न नसक्दा मृत्यु संस्कार गर्न नपाएका हुन ।
पैसा तिर्न नसकेपछि नोवेलले बुबा सनमनको शव लैजान नदिएको जेठा छोरा नविन अछामीले बताए । हाल उनी आफुहरुसँग पैसा तिर्न सक्ने अवस्था नभएकोले अस्पताल प्रशासनसँग शव लान दिनका लागि हारगुहार गरिरहेका छन ।  उच्च रक्त्तचापका विरामी बृद्ध सनमनको ५ चैतदेखि नोवेल अस्पतालमा उपचार हुँदै आएको थियो । उनलाई २५ दिन आइसियुमा र ४ दिन भेन्टिलेटरमा पनि राखिएको थियो ।
उपचार वापतको अस्पताल प्रशासनको ५ लाख र औषधी वापतको दवाई पसलमा ६ लाख रुपैया तिर्न बाँकी रहेको र तिर्न नसक्दा बुबाको शव दाहसंस्कारका लागि लान नपाएको जेठा छोरा नविन अछामीले बताए । हाल उनी नोवेल अस्पतालमा भौतारिदै आफुसँग उपचार शुल्क तिर्न सक्ने अवस्था नभएकोले बुबाको दाहासंस्कारका लागि शव लैजान दिन प्रशासनसँग हारगुहार गरिररहेका छन । उनले भने, ‘बुबाको शव लान दिनु भनेर रोइकराई गरिरहेको छु, तर अस्पताल प्रशासनले पैसा नदिई कुनै हालतमा शव लान दिदैनौँ भनिरहेको छ, मरेका बुबाको काजकिरिया पनि गर्न नपाउने भयौ ।’

नोबवल प्रशासनसँग हाहगुहार गरिरहेका छोरा नविननले भने, ‘यत्रो धेरै पैसा तिर्न सक्ने हाम्रो अवस्था छदैछैन् ऋण खोजेको तीन लाख रुपैया उपचारकै क्रममा खर्च भइसक्यो,हामीलाई नै जाकटी राखेर बुबाको शव दाहसंस्कार गर्न लान दिए हुने थियो ।’

अस्पतलाका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्न सक्ने अवस्था नभएको बताए । दहालले भने, ‘यसवारेमा अध्यक्ष सुनिल शर्माले मात्र डिसिजन दिनसक्नुहुन्छ हामी केही गर्न सक्दैनौ ।
सुकुम्वासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर जिवन गुजारा चलाउने गर्दछ । उनका जेठा छोरा २७ वर्षीय नविन र २४ वर्षीय कुमार दुवै मिस्त्री काम गर्दछन । आर्थिक अभावकै कारण एक जना वहिनीको बिहे हुन नसकेको छैन । ६१ बर्षकी आमा सीता सार्की श्रीमानको मृत्युपछि बेहोस अवस्थामा छिन ।
छोरा नविनका अनुसार बुवाको मृत्युपछि पैसा तिर्न नसकेपछि अस्पताल र फार्मेसीका प्रतिनिधिहरु घर जग्गा जाकडी राख्न सकिन्छ की भनेर मृतकको ठेगाना महुली पनि पुगेका थिए । तर सुकुम्वासी परिवार भएकोले असुल उपर गर्न सक्ने अवस्था नभएपछि उनीहरु चुपचाप फर्किएका थिए । त्यसपछि झन अस्पतालले एकोहोरो रुपमा पैसा तिरे मात्र बाबुको शव लान दिन्छौ नत्र दिदैनौ भनेर अडान लिइरहेको छन । नोबवल प्रशासनसँग हाहगुहार गरिरहेका छोरा नविननले भने, ‘यत्रो धेरै पैसा तिर्न सक्ने हाम्रो अवस्था छदैछैन् ऋण खोजेको तीन लाख रुपैया उपचारकै क्रममा खर्च भइसक्यो,हामीलाई नै जाकटी राखेर बुबाको शव दाहसंस्कार गर्न लान दिए हुने थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank