राष्ट्रियता र स्वाधिनताको पक्षमा जनयुद्ध जसरी लडेको छुः प्रधानमन्त्री

दलित अनलाईन १२ भाद्र २०८०, मंगलवार १९:४२

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्।

मंगलबार बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको बताए।

प्रधानमन्त्रीले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु। लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ। त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु।’

प्रधानमन्त्रीले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए।

धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए।

उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको बताए।

उनले आफूहरु भने जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरित गर्न चाहेको बताए। दुई पक्षबीचको लडाइँ यही भएको बताउँदै यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताए। त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने बताए।

अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उनको भनाई थियो।

उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताए। त्यसको लागि उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank