पररष्ट्रमन्त्री पौड्यालसँग नर्वेली राजदूतको भेट

दलित अनलाईन २९ माघ २०७९, आईतवार १८:१४

काठमाडौं —परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाईे गर्दै आएको सहयोगका लागि परराष्ट्र मन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् ।

भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाए ।

आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्धन्द्धको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank