गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा वडा अध्यक्षसहित गाउँलेबाट कुटिए दलित युवा , उल्टो १४ लाखको तमसुक गरे !

दलित अनलाईन १२ पुष २०७५, बिहीबार १०:०७

 

सर्लाही–सर्लाही जिल्ला ब्रह्मपुरी गाउँपालिकामा एक दलित युवकले गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीय जनप्रतिनिधि र गाउँहरुले मरनासन्न हुने गरी कुटपिट गरेका छन् ।
गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीय जनप्रतिनिधि र गाउँहरुले मरनासन्न हुने गरी कुटपिट गरेका हुन् । आफुलाई वडा अध्यक्षसहितको गाउँहरुको टोली पीडित दलित युवकले आफुलाई ज्यान लिने गरी कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
ब्रह्मपुरी गाउँपालिका १८ वर्षीय जयनाथ राम चमार र स्थानीय १७ वर्षीय सल्मा बैठा मुस्लिमसँग १ महिना अगाडीदेखि प्रेम सम्बन्धमा कायम राखी भारतको सितामधी जिल्ला बस्दै आएका उनीहरु पुन गाउँ फर्किएका थिए । उनीहरुको गाउँ फर्किएको केही दिनमा स्थानीय वडा अध्यक्ष श्यामबाबु राय र रघुबीर रायले अपहरणको शैलीमा युवकलाई घरबाट उठाएर लगएर एकान्त बास घारीमा मरनासन्न हुने गरी कुटपिट गरेका थिए । छोरालाई कुटपिट गरेपछि उनीहरुले जयनाथ राम चमारका बाबु गगनदेव रामँग बलजफ्ती १४ लाखको कपाली तमसुक समेत गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्तामा भनेका छन् । पीडितहरुले नेपाल राष्ट्रिय दलित समाज कल्याण सर्लाहीमा न्यायको लागि निवेदन दिएसँग घटना दोषीलाई कारबाहीको माग गदै जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको हो ।
पुष ९ गते आफुमाथि घटना भएपछि ११ गते जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा पीडितले उजुरी दर्ता गरेका थिए । पीडित जयनाथका अनुसार घटना भएको करिब ३ घण्टापछि उपप्रमुख गिता रायको घरमा बसेर १४ लाखको कपाली तमसुक गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयले ११ गते घटनाको बारेमा उजुरी दर्ता गरेपनि अहिलेसम्म घटनाको दोषीलाई पक्राउ नगरिएको गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी निरीक्षकले पीडितले घटना सबै विवारण सहित कारबाहीका लागि उजुरी गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank