टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

दलित अनलाईन १५ पुष २०७९, शुक्रबार १६:३६

काठमाडौं —  गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank