अब जुनसुकै जातसँग बिहे गर्न पाइने ,संसदमा दर्ता भयो विधेयक

दलित अनलाईन ११ भाद्र २०७५, सोमबार ०९:१३

काठमाडौं – अब कुनै पनि जातका वरले कुनै पनि जातकी वधु छान्न पाउने छन्। त्यसैगरी कुनै पनि जातकी वधुले कुनै पनि जातका वर छान्न पाउने छन्।

‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’मा यस्तो व्यवस्था गरिएको छ। यो विधेयक संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको छ।

ऐनको दफा २ को (क) को (च) विवाह तथा वरवधु छान्न पाउने अधिकारको व्यवस्था गरिएको छ। कुनै पनि जातको वरवधु छानिएकोमा विरोध गर्नेलाई कारवाही गर्ने व्यवस्थासमेत विधेयकमा रहेको छ।

दुई महिनादेखि दुई वर्षसम्मको कैद वा दुई हजार रुपैंयादेखि २० हजार रुपैंयासम्म जरिवानाको व्यवस्था गरिएको छ। यसअघि ऐनमा व्यवस्था नभएका अन्य विषयहरु पनि थप गरिने भएको छ।

समान काम गरे बापत समान तलब पाउने अधिकार, सार्वजनिक स्थानमा समान पहुँचको अधिकार, छुवाछुत तथा भेदभावविरुद्ध उपचार पाउने अधिकारको व्यवस्था विधेयकमा गरिएको छ।

यसैगरी अदालत वा अन्य न्याधिक निकायबाट समान व्यवहार पाउने अधिकार, कुनै पनि सरकारी निकायबाट उपलब्ध गराइने सेवा तथा सुविधामा समान संरक्षणको अधिकारको पनि व्यवस्था रहेको छ।

सार्वजनिक सेवामा समान पहुँचको अधिकार, नेपालभित्र र बाहिर आवत जावत र बसोबास गर्न पाउने अधिकार, सांस्कृतिक कृयाकलापमा समान सहभागिताको अधिकार, शान्तिपूर्वक भेला हुन तथा संगठन गर्न पाउने अधिकार, रोजगारी छनौट तथा काम गर्न पाउने अधिकारलगायतको नयाँ व्यवस्था विधेयकमा गरिएको छ।

त्यसैगरी जातीय भेदभाव गरेको खण्डमा गरिने दण्ड सजाय पनि बढाइएको छ। एक महिनादेखि पाँच वर्षसम्म कैद वा पाँच सय रुपैंयादेखि दश हजार रुपैंयासम्म जरिवाना गरिएको थियो। त्यस ठाउँमा दुई महिनादेखि दुई वर्षसम्म कैद वा दुई हजार रुपैंयादेखि बीस हजार रुपैंयासम्म जरिवानाको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank