नेपाल दलित मुक्ति अभियानको बागमती प्रदेश समिति गठन

दलित अनलाईन २९ श्रावण २०७९, आईतवार १६:३३

काठमाडौं — नेपाल दलित मुक्ति अभियानको बागमती प्रदेश समिति गठन गरिएको छ। शनिबार काठमाडौंको गोंगबुमा आयोजित अभियानको प्रथम प्रदेश भेलाले कृष्णबहादुर विकको अध्यक्षतामा २५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको हो। 

आज बस्ने समितिको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्दै समितिलाई पूर्णता दिने नेपाल दलित मुक्ति अभियानका केन्द्रीय महासचिव मदन विश्वकर्माले जानकारी दिए।

भेलाका अवसरमा शनिबार दलित आन्दोलनमा योगदान दिएको भन्दै रोमा विश्वकर्मा, डा. निर्मल विश्वकर्मा, राधेश्याम पासवान, लक्ष्मी विक, विजय पासवानलगायत ९ जना दलितलाई सम्मान पनि गरिएको थियो।

भेलालाई सम्बोधन गर्दै दलित मुक्ति अभियानका महासचिव मदन विश्वकर्माले २१औं शताब्दीमा पनि दलितहरूले आफूलाई मानवको सम्मान देऊ भनेर आवाज उठाउनुपर्ने अवस्था रहनु विडम्बना भएको बताए। 

संविधान, कानुनमा जातीय छुवाछूत अन्त्य गरिए पनि व्यवहारमा अझै जारी रहेकाले मुक्तिको अभियान सञ्चालनका लागि स्वतन्त्र संगठन नेपाल दलित मुक्ति अभियान गठन गरेर देशव्यापी रूपमा संगठन विस्तार गरिएको महासचिव विश्वकर्माले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank