प्रहरी र राजनीतिक दलहरुले घटना दबाउन खोजेको आमाको आरोप (भिडियो सहित)

दलित अनलाईन २६ भाद्र २०७७, शुक्रबार २१:२४

धनुषा— दलित बालिकामाथि भएको बलात्कारको घटनामा स्थानीय राजनीतिक दलहरु  र प्रहरी घटना दबाउन खोजेको पीडित बालिकाकी आमाले आरोप लगाएकी छिन् ।
धनुषा गणेशमान चारनाथ नगरपालिक –८ की १४ वर्षीय दलित बालिका दुई गैरदलित युवाहरुबाट भदौ १५ गते चारनाथ खोला नजिकै बाख्रा चराउन गएको बेला बलात्कृत भएकी थिइन् ।
स्थानीय नेता तथा प्रहरीले उत्पीडित बालिका तथा उनको आमालाई जबरदस्ती धम्क्याउने वयान दिन लगाउने आरोप पिडितकी आमाले बताइन् ।
बलात्कारको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गर्ने र छाड्ने गरिरहेको छ । घटनामा चार जना गिरफ्तार गरेपनि अहिले तीनजना आरोपीहरु ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषामा राखिएको छ उनीहरुलाई अहिलेसम्म पनि अनुसन्धान गर्दै छाड्दै गरेको दलित अधिकारकर्मीहरुले दावी गरेका छन् । पीडित बालिकाको तर्फबाट किटानी दिन खोजे पनि जाहेरी दर्ता गर्न आनाकानी गर्दै आइरहेको छ । प्रहरीले अपहरण शैलीमा पिडितलाई बयानको लागि भनेर प्रहरी कार्यालयमा लैजाने र जाहेरी तथा बयान बदल्न दबाब दिइरहेको पीडित बालिकाकी आमा मन्जु देवी महराले बताइन् । ‘हामीले दिएको जाहेरी लिदैनन्,फोन र मान्छेहरुबाट पैसामा मिलाउने गरी धम्की र दबाब आएकोछ,’उनले भनिन् ,‘ छोरीलाई बलात्कार गर्ने मान्छेलाई चिनिएको छ, तर राजनीति दल र प्रहरी नै घटना मिलाउन लागेपछि कसरी कारबाही हुन्छ र ? ।’
बलात्कार पिडित बालिकालाई चारनाथ खोला किनारा बाख्रा चराउंँदै गर्दा सोही ठाउँ बस्ने राज कुमार मंडलको छोरा लक्ष्मेश्वर मंडलले के गरेको ? तिमी एक्लै हो भनेर सोधखोज गरे पछि दुई जना मास्क लागाएको युवाहरुले बलात्कार गरेको थिए । अहिले लक्ष्मेश्वर कुमार मंडल, संतोष कुमार यादव र शिवशंकर कुमार शाह हिरासतमा छन । यी अपराधी बलात्कारीहरुलाइ बचाउन स्थानीय नेता तथा प्रहरी लागेको दलित अधिकारकर्मीहरुको आरोप छ । घटनालाई दबाउने राजनीति दलहरुदेखि प्रहरी प्रशासनले पीडकहरुलाई १७ गतेसम्म पनि अपराधी पहिचान गरी अपराधीहरुलाई समात्न नसक्नु नै घटना ढाकछोपमा लाग्नु भएको दलित अधिकारकर्मी चन्देश्वर दासले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank