बारेकोट गाउँपालिकाबाट १ सय ६१ घरपरिवार दलितहरू विस्थापित

दलित अनलाईन २७ असार २०७७, शनिबार २२:३५

जाजरकोट — विहीबार रातिदेखि अविरल वर्षा कारण बारेकोट गाउँपालिकामा १  सय ६१ घरपरिवार विस्थापित भएका छन् । तीन दिनयताको भारी वर्षाका कारण गाउँबस्तीमा पहिरो खसेपछि उनीहरू  विस्थापित भएका हुन् । बारेकोट गाउँपालिकामा  ३ सय घरपरिवार विस्थापित भएकामध्ये १  सय ६१ घरपरिवार दलित समुदायहरू विस्थापित भएका छन।

बारेकोटका  ९४ मध्ये ३२ घरपरिवार मैनाका ६० मध्ये  ११ घरपरिवार, सार्की गाउँका १०, तोलखानका ९०, मध्ये  ५१ कालाखोलीका ३६, मध्ये १४ पाखाका ४० मध्ये भैलोखानाका ३० मध्ये १७ धौलाकोटका ३२ मध्ये २१ र रोकाय गाउँका १२ मध्ये  ५ घरपरिवार दलित समुदायहरू विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले वताए ।

पहिरोले विस्थापित भएपछि स्थानीय बासिन्दालाई विद्यालय, जंगलको खाली चौर, गाईरभैंसी राख्‍ने गोठ लगायत स्थानमा बस्‍न बाध्य भएको सिंहले बताए । भारी वर्षाका कारण बारेकोट गाउँपालिकाको अधिकांश गाउँबस्तीमा बाढी पहिरो जाने क्रम नरोकिएको उनले बताए । ठाउँ ठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउ गर्न समेत बन्द भएको उनले बताए । बारेकोट गाउँपालिकाको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउ, सुवाकोट लगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सिंहले बताए ।

जाजरकोटमा तीन दिनयता बाढी पहिरोको कारण ९ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । त्यस्तै, बाढीपहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बिहीबार राति आएको पहिरोले बारेकोट ४, सार्की गाउँका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

पहिरोमा परेर सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीय तिर्खा सार्की, ६ वर्षीय सुभास सार्की, २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको हो । पहिरोमा परेका पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank