नागरिकताको नाम सच्याइन्छ : प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल

दलित अनलाईन २४ श्रावण २०७९, मंगलवार १९:२५

काठमाडाैं — दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुरा गरेर नागरिकताको नाम सच्याइने बताएका छन् ।
दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा मंगलबार निवेदन दिएपछि प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नागरिकताको नाम सच्याइने बताएका हुन् ।
गृह मन्त्रालयले नागारिकतामा राखिएका अपमानजनक शब्दहरुलाई सच्याउन निर्देशन गरेको भोलीपल्ट परेको पहिलो  निवेदन हो ।
साउन १४ गते दलित अनलाईन डटकममा यसरी हुन्छ विभेद :  नागरिकतामै कुकुर कामी ! भन्ने शिर्षकमा समाचार प्रकासित गरेसँगै अन्य संचार माध्यमबाट समेत जोडबलका साथ उक्त विषयमा समाचार प्रकासित भएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण जनाएको थियो ।


नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमीनी उल्लेख भएका नागरिकता तथा मतदाता नामावली परिचय पत्र सामाजिक सञ्जालमा भाइरत भएका थिए । त्यसको चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको सोमबार प्रेस विज्ञप्ती जारी गदै नागरिकतामा अपमानजनक शब्द नराख्न सबै प्रशासनलाई निर्देशन दिएको थियो ।


कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ सालमा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस गरिदिएको निवदेनमा उल्लेख गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले यो विषयमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दैलेख गम्भीर भएको बताउँदै नागरिकतामा नाम संशोधनको लागि प्रक्रिया सुरु भईसकेको बताए ।


कामीले निवेदन दिनेवित्तिकै कार्यालयले जिल्ला प्रहरी कार्यालय र भगवतीमाई गाउँपालिकाकालाई मुचुल्का उठाउन पत्र पठाएको छ । मुचुल्कामा कुन कारणले अपमानजनक नाम रहन गएको र कुकुर कामी नाम गरेका व्यक्ति कविराम कामी नै हुन भन्ने विषयलाई उल्लेख गर्नुपर्ने लगायतका विषय उल्लेख हुने प्याकुरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank