आरक्षण बचाऔं’ आन्दोलनमा प्रहरी हस्तक्षेप

दलित अनलाईन ३२ श्रावण २०७६, शनिबार २२:४७

काठमाडौँ -संविधानले व्यवस्था गरेको समावेशी तथा समानुपातिक सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन जारी गरेपछि सुरु भएको आरक्षण बचाऔं आन्दोलनको चौथौं चरणको आन्दोलनको आज अन्मित दिन आरक्षण बचाऔँ आन्दोलनमाथि प्रहरीले  हस्तक्षेप गरेकाे छ ।
भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको  शान्तिपूर्ण ¥यालीमा प्रहरीले हस्तक्षेप गरी आधा दर्जन आरक्षण बचाऔँ आन्दोलनकर्मीलाई   प्रहरीले हस्तक्षेप  गरी घाइते भएकाे हाे ।

प्रहरीकाे हस्तक्षेपबाट  नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन आरक्षण बचाऔँ आन्दोलनकर्मी  घाइते भएका छन्। प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, दलित ,मधेसी,  मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु दुई महिनाभन्दा वेसी समयदेखि आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा  उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन्।

दिउँसो ४ बजे रक्षण बचाऔँ आन्दोलनकर्मीले  लाठी जुलुस निकाल्ने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो।

शान्तिपूर्ण ¥यालीमा प्रहरीकाे हस्तक्षेपबाट  जगत बराम ,राम नेपाली लगतय अन्य पाँच जना घाइते भएका छन् ।  सभासद कौसर साह ,दलमर्दन कामी ,अर्जुन सेर्मा, रघु थापामगर ,तेज बहादुर केरुङ्ग ,याम लिम्बु  ङावङ, सोनाम सेर्पा , सविन पुलामी मगर (साकार), पुर्खा्जित राई ,मिङमार लामा, सुरज राई र गणेश तिरुवालाई  प्रहरीले  नियन्त्रणमा लिएको थियो  । उनीहरूलाई प्रहरीले तीन घण्टापछि रिहा गेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank