बुद्ध शिक्षा र अम्बेडकरवाद

कमला हेमचुरी २२ बैशाख २०८०, शुक्रबार १९:२३

महा मानव गौतम बुद्धको जन्म इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा बुबा कपिलवस्तुका राजा शुद्धोधन र माता मायादेवीको कोखबाट भएको थियो । उनको जन्मको नाउ सिद्धार्थ गौतम थियो । सिद्धार्थ गौतमको आमाको मृत्यु उनी जन्मको ७ दिनमा भएको थियो र उनको पालन पोषण गर्ने काम सानी आमा प्रजापतिले गरेकी थिइन । उनको विहे यशोधरासँग भएको थियो र उनीहरुको कोखबाट एउटा छोरा राहुलको जन्म भएको थियो ।
सिद्धार्थ गौतम सानै देखि प्राणी मात्रमा दया करुणा राख्ने व्यक्ति थिए । त्यसैले उनको जन्म राज घरानामा भएको भएता पनि उनको दरवारी सुखप्रति खासै मोह थिएन । मानिसले मानिसमाथि गर्ने उत्पीडन, अन्याय अत्याचार प्रति उनी सधै दुःख महसुस गर्थे । उत्कृष्ट कारुणीक भावना उनको वचपन देखिको नै विशेषता थियो । उनी एकान्त वास मन पराउने, ध्यान मग्न भएर बस्ने भएकाले उनलाई दरवारिया सुख सयलले कुनै प्रभाव पार्न सकेन । आफ्ना अगाडि घट्ने विभिन्न घटनाक्रमले उनी उद्धेलित हुन्थे । व्यक्ति व्यक्तिबीचमा, परिवार परिवारका बीचमा, समाज समाजकाबीचमा, राज्य राज्यकाबीचमा भई रहने द्धन्द कलह देखेर उनले यस्ता प्रकारका द्धेषपूर्ण व्यवहारबाट मानिसलाई कसरी मुक्त गराउने र शान्तिपूर्ण तरिकाले बाच्न पाउने समस्त प्राणी मात्रको अधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने मात्र उनको ध्येय रहने गरेको थियो । उनलाई लाग्यो वैरले कहिले वैर शान्त हुदैन । उनले शान्ति केवल प्रेमले मात्र प्राप्त हुन सक्छ भन्ने कुरा बुझी सकेका थिए । आफ्नै परिवारहरु र आफन्तहरुको बीचमा भएको कलहले समेत सिद्धार्थलाई नकारात्मक रुपमा प्रभावपारेको थियो । त्यसैले उनले यो तृष्णाले भरिएको संसार बाट आफू पनि मुक्त हुने र अरुलाई समेत मुक्ति दिला उन मार्ग दर्शक बन्ने उद्धेश्यले २९ वर्षको उमेर राज पाठ परिवार सबै त्यागेर सन्यासी भए । किनभने उनलाई समाजमा भएको द्धन्द र कलहको हल खोज्नु थियो ।
सिद्धार्थ गौतमले ६ वर्षसम्म दुश्कर चर्या गरेर भारतको बौद्धगयाको पिपलको वृक्ष मुनी वैशाख पूूर्णिमाको दिन बोधीज्ञान प्राप्त गरे । त्यसपछि उनी गौतम बुुुद्धको नामले चर्चित भए । बुद्धले प्राप्त गरेको बोधीज्ञान मानव मात्र हित र कल्याणको लागि थियो । र उनको उद्धेश्य पनि आफ्नो ज्ञानको माध्यमबाट समस्त प्राणी जगतलाई दुःखबाट मुक्त गराई निवार्णतर्फ उन्मुख गराउने रहेकोले आफूमा मात्र सिमित राखेनन् र सारनाथको ऋषिपतन मृग दावनमा तपस्यागर्दै आएका पंच वर्गीय भिक्षुहरुलाई पहिलो पटक आफूले प्राप्त गरेको शुक्ष्म ज्ञानबाट दिक्षित गराए । जसलाई धर्म चक्र प्रर्वत भनेर पनि भनिन्छ ।
बुद्ध केवल आफू मात्र ज्ञानको प्रचार प्रसारमा हिडेनन् । उनले भिक्षुहरुको संघको पनि निमार्ण गरे । उनले भिक्षु संघमार्फत आफ्नो ज्ञानको प्रचारप्रसार गरे । संघमा ६० जना भिक्षुहरुलाई उपसम्पदा दिना साथ उनले ‘चरक भिक्खुयं बहु जन हिताय बहुजन सुखायभनेर’ धर्मको प्रचारमा लगाय । प्रत्येक भिक्षुहरुलाई फरक फरक ठाउँमा धर्म प्रचार गर्नको लागि पठाए र आफू पनि ४५ वर्षसम्म निरन्तर धर्मको प्रचारमा लागे र ८० वर्षको उम्मेरमा कुशी नगरमा महा परिनिर्वाण प्राप्त गरे ।

बुद्धका प्रमुख शिक्षाहरु
बुद्धद्धारा देशित शिक्षा मध्ये त्रिलक्षण (अनित्य, दुःख, अनात्म) त्रिविध शिक्षा (शील, समाधि र प्रज्ञा), चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, हेतुफलवा प्रतीत्य समुत्पाद, चतुब्र्रह्मविहार,कर्म र कर्मको फललाई प्रमुख शिक्षाको रुपमा लिन सकिन्छ । यि सबै बुद्धका देशनाहरुलाई तिनवटा पिटक अर्थात त्रिपिटकमा संग्रहित गरिएको छ । जसमा ८४ हजार बुद्धद्धारा देशित सूत्रहरुलाई संग्रहित गरिएको छ । यि बुद्ध वचनहरुलाई अनुशरण गर्दै जीवन प्रकृयालाई अगाडि बढाउन सकेमा एउटा व्यक्तिलाई निर्वाणमा र्गफल सहजै प्राप्त हुने विश्वास गर्न सकिन्छ । वास्तवमा भन्ने हो बुद्धको शिक्षालाई एउटा कोणबाट मात्र व्याख्या र विश्लेषण गर्न मिल्दैन । यो दर्शन शास्त्र, राजनीतिकशास्त्र, समाजशास्त्र, आर्थिक शास्त्र, इतिहास, मानवशास्त्र,नीतिशास्त्र, कानून, विज्ञान, मनोविज्ञान, आध्यात्म सबै क्षेत्रको ज्ञानको भण्डार हो । यो शिक्षा भनेको तत्कालिन समाजमा विद्यमान बहुसंख्यक उत्पीडित जनतामा समानता, स्वतन्त्रता र भात्रित्वको भावनाको विकास गरेर उनीहरुको मुक्तिको लागि प्रतिपादन गरिएको मार्ग निर्देशक सिद्धान्त हो ।

जात व्यवस्थाविरुद्ध बुद्ध
बुद्धको समय कालभन्दा अगाडि नै ब्राह्मण धर्मको नाममा जात व्यवस्थाको बिजारोपण भई सकेको थियो । खास गरी भारतीय उप महाद्धीपका मूलबासीहरुमाथि ब्राह्मण धर्मले लादेको वर्ण व्यवस्थाले मानव भएर आत्म सम्मानपूर्वक जीवनयापन गर्न नसक्ने अवस्थाको सृजना गरी दिएको थियो । ब्राह्मणहरुले वेदलाई पवित्र ग्रन्थ मान्थे र यसलाई नै आर्दश धर्मको श्रोतको रुपमा लिएका थिए । यसैको जगमा टेकेर स्मृति र पुराणहरुको रचना गरे । वेद, स्मृति र पुुराण जस्ता धर्मशास्त्रहरु मार्फत उनीहरुले आदर्श धर्मको मात्र परिकल्पना गरेनन् उनीहरुले आर्दश समाजको समेत परिकल्पना गरे । उनीहरुले उक्त आदर्श समाजको ढाचाको नाम चतुवर्ण भनेर नाम दिए । वेद, स्मृति र पुराण मार्फत यो आर्दश समाजको संरचना निमार्ण गरिएको हुदाँ यो संरचनाधर्म सम्मतभयो । र यसको अभ्यासमा कसैले पनिप्रश्न उठाउन नपाउने भए । किनभने उनीहरुको लागि यो ईश्वरीय आदेश थियो ।
समाजको यो आदर्श केही नियममा आधारित थियो । पहिलो नियम थियो समाज चार वर्णमा विभाजन – ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र । यि चार वर्णहरु मध्ये ब्रह्माको मुखबाट ब्राह्मण, काधबाट क्षेत्री, जांघबाट वैश्य र पाउबाट शुद्र जन्मिएको भन्ने विश्वास उनीहरुमा थियो ।
दोस्रो नियम थियो यि चार वर्ण सामाजिक असमानतामा आधारित थिए । यि सबै क्रमिक असमानताको नियमले बाधिएका थिए । ब्राह्मण सर्वोच्च, उसको मुुनी क्षेत्री, क्षेत्रीको मुनी वैश्य र सबैको मुनीशुद्र थियो । यसैको आधारमा सेवा सुबिधा समेत क्रमिक असमानतामा आधारित थियो । ब्राह्मणलाई सबै अधिकार र सुबिधाले युक्त बनाइएको थियो । क्षेत्रीलाई त्यो भन्दा कम, वैश्यलाई क्षेत्रीलाई भन्दा अझै कम सेवा, सुविधा अधिकार दिइएको थियो भने शुद्रहरु मथि केवल दायित्वहरु मात्र थोपारिएको थियो । उनीहरुलाई पूूर्ण रुपमा अधिकारबाट बन्चित गरिएको थियो ।
तेस्रो नियम पेशा अथवा जीविकाको साधनहरुको वितरणमा थियो । ब्राह्मणको पेशा थियो पढ्ने पढाउने, पुरोत्याही गर्ने, क्षेत्रीको पेशा थियो राज्य संचालन वा युद्ध गर्ने, वैश्यको पेशा थियो व्यापार व्यवसाय गर्ने, शुद्रको पेशा थियो तितिन वर्णको सेवा गर्ने । कुनै वर्णले पनि एक अर्काको पेशामाथि अतिक्रमण गर्न सक्दैन थियो ।
चौथो नियम शिक्षाको अधिकारसँग सम्बन्धित थियो । केवल ब्राह्मण, क्षेत्री र वैश्यलाई मात्र पढ्ने अधिकार दिइयो । शुद्र र महिलाहरुलाई यो अधिकारबाट बन्चित गरियो ।
बुद्धले ब्राह्मणहरुको धर्मग्रन्थ वेद जसलाई उनीहरु अपौरुषय भनेर मान्थे त्यसको पूर्ण रुपमा अस्वीकार गरे । बुद्धको दृष्टिकोणमा कुनै पनि कुरा ईश्वरीय थिएन । मानिसले सत्य र यथार्थ सत्यलाई बुझ्न जरुरी छ । मानिसले आफ्नो विवेकलाई प्रयोग गरेर सही केहो गलत केहो भनेर छुट्याउन जरुरी छ । विचारको स्वतन्त्रता नै सत्यको खोजीको आधार शिला हो ।
चतुर्वर्ण व्यवस्थाको नाममा ब्राह्मणहरुले जुन सामाजिक संगठनको निमार्ण गरेका थिए यो बुद्धको नजरमा पूर्णत अप्राकृतिक थियो । यो चतुर्वण व्यवस्था अपरिवर्तनशील थियो । मानिस जुन वर्णमा जन्मिन्छ त्यही वर्ण भित्र रहेर जिउनु र मर्नु उसको नियति थियो । ब्राह्मणले जतिसुकै घोर अपराध गरे पनिउसलाई दण्ड दिने विधान थिएन । शुद्रलाई सामान्य अपराध गरेता पनि मृत्यु दण्डसम्म दिने अधिकार ब्राह्मणलाई थियो ।

दक्षिण एशिया खास गरी भारत र नेपालको सवालमा भन्ने हो भने कम्युनिष्टहरुले भने जस्तै वर्गीय मुुक्ति भन्दा पनि ब्राह्मणवादको जगमा टेकेको वर्ण व्यवस्थाबाट मुक्ति पहिलो शर्त हो । कथित अछुतहरुको प्रधान दुश्मन पनि ब्राह्मणवाद नै भएकोले त्यसको बिरुद्ध नै संघर्ष गर्नु पहिलो आवश्यकता हो ।

शुद्रले जति सुकै पूण्र्य कर्म गरेता पनि उसलाई कसैले माथिको वर्णमा लैजान सक्दैन थियो । बुद्धले वर्णको परिभाषालाई नै उल्टाई दिए । जन्मले कोही नीचहुदैन कर्म नै उसको नीच र उचको मापदण्ड हो भने । भिक्षु संघमा ब्राह्मण, क्षेत्री, वैश्य, शुुद्र र महिलालाई समान हैसियत दिएर ज्ञान र धर्मको अभ्यास गर्ने मौका दिए । उनले भनेका छन ए भिक्षुहरु ! गंगा–यमुना, अचिरवती, सरजू, मही आदिनदीहरु महासागरमा गएर मिले पछि जसरी यिनीहरुको अस्तित्व समाप्त भएर केवल महासागरको नामले सम्बोध गरिन्छ; त्यसै गरी क्षेत्री, ब्राह्मण, वैश्य र शूद्र यो चारै वर्ण तथा गतको संघमा प्रवेश गरेपछि यिनीहरुले आफ्नो पहिलाको नाम गोत्र छोडेर केवल शाक्यपुत्रीय श्रमणको नामले मात्र चिनिन्छन् । ’
समाजमा दिन हिन जीवनजी उन विवश शुद्रहरुले समेत धर्म र ज्ञानको अभ्यास गर्ने वातावरण बुद्धको संघमा प्राप्त गरे । जुन कुरा ब्राह्मणहरुको चतुर्वर्णको सामाजिक संरचनामा संभव नै थिएन । श्रोतिय, उपाली, सुणित च्यामे, सोपाक र सुप्पिय, चण्डाल कन्या प्रकृति केही प्रतिनिधी पात्रहरु हुन जो शुद्र र अछुत भएता पनि संघमा हैसियत बनाएर बस्न सफल भएका थिए ।

अम्बेडकरवाद
डा.भीमराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ म भारतको मध्यप्रदेशको इन्दौर जिल्लाको महुमा एक महार परिवारमा भएको थियो । उनी माता पिताका चौधौ सन्तान थिए । उनको पिता रामजी सक्पाल ब्रिटिशहरुको आर्मी क्याम्पभित्र रहेको स्कूलको प्रधानाध्यापक थिए । र महारहरुको उठवस धेरै अगाडि देखि नै ब्रिटिशहरुसँग थियो त्यसैले शिक्षाको महत्वत्यो समुदायले बुझेको थियो, त्यसैले उनले पढ्ने वातावारण सानै देखि पाए । परिवारमा बुुबा जागिर भएकाले आर्थिक रुपमा पनि धेरै कठिनाई भोग्नु पर्ने अवस्था थिएन । तथापि अम्बेडकरको जन्मको समयमा भारत –कथित अछुतहरुको गुलामी, शोषण, उत्पीडन, अन्याय, अत्याचार तथा जातीवादी जस्तो गम्भिर अमानवीय समस्याबाट लिप्त थियो । करोडौ भारतीयहरु हिन्दु समाजमा कथित अछुतको नाममा अश्पृस्यताको दायराभित्र नारकीय जीवनयापन गर्न बाध्य थिए । भारतमा जुन किसिमको सामाजिक वातावरण थियो त्यो वातावरणको शिकार अम्बेडकर पनि हुनुु स्वभाविक थियो । पढ्ने बेलामा समेत अम्बेडकरले धेरै विभेदको सामना गर्नु परेको थियो । तै पनि उनको सानै देखि अध्ययन प्रति लगाव भएकाले जस्तो सुकै चुनौतिपूर्ण परिस्थितिको समेत सामान गर्दै शिक्षाको क्षेत्रमा उनी निकै अगाडि बढे । सायद आजसम्म पनि उनले जति डिग्री कसैले लिएका छैनन् । जागिर गर्ने शिलशीलामा पनि उनले धेरै उपेक्षा र अपमान सहनुु प¥यो । अन्ततः संघर्षको बाटो रोजे र करौडौ उत्पीडित जनताको मुुक्ति दाताको रुपमा उनी आज विश्वभरी ज्वजल्यमान ताराको रुपमा स्थापित भए । उनले भारतका उत्पीडित जनताको मुक्तिको लागि निकै लामो संघर्ष गरे । त्यो संघर्षको उपलब्धीलाई संविधानमार्फत संस्थागत गरे । हजारौ वर्ष देखि ब्राह्मणवादको शिकार भएका करौडौ मूलबासीलाई मानवभएर जिउन सक्ने आधार संबिधानमार्फत निमार्ण गरी दिए । अम्बेडकरले हिन्दु वर्ण व्यवस्थामा आधारित जातव्यवस्था अन्त्यको लागि र महिलाहरुको अधिकार सुनिश्चित गर्न निकै लामो संघर्ष गरे । संबिधानमार्फत आर्थिक, राजनैतिक सामाजिक अधिकारहरुको प्रत्याभूत गरी दिए । तैपनि हिन्दु समाजमा रहेको जात व्यवस्थाको अन्त्य गर्न उनले व्यवहारत सकेनन् ।
जातको आधारमा निमार्ण गरिएका विभेदका पर्खालहरुले कथित अछूतहरुको जीवन नारकीय बनाएको थियो । र यो नारकीय जीवनबाट मुक्तिको बाटो राजनैतिक रुपमामात्र अधिकार सुनिश्चित गरेर हुँदैन भन्ने यथार्थलाई उनले बुझे पछि उनले हिन्दु धर्म परित्याग गर्नुको विकल्प देखेनन् । उनलाई हिन्दु धर्मभित्र बस्नु भनेको जात व्यवस्थालाई स्वीकार गरेर अछुत भएर बस्नु हो भन्ने उनले आफूले लामो समय देखि गरेको जात व्यवस्था विरुद्धको निरन्तर संघर्ष र धर्म शास्त्रको अध्ययनले पर्याप्त जानकारी गरायो । अन्तत, उनले करोडौ उत्पीडित जनतालाई जातव्यवस्थाको कुपमण्डुुकताबाट बाहिर ल्याएर मानव भएर जीउने आधार निमार्ण गर्नको लागि हिन्दु धर्म त्याग्ने निर्णय गरे र उनले आफू मात्र एक्लै धर्म परिवर्तन गर्ने नभएर लाखौ मानिसलाई हिन्दु धर्मको आधाराशीला जातव्यवस्थाको दलदलबाट बाहिर ल्याउने निर्णय गरे ।
अम्बेडकरले ३१ अक्टुबर १९३५ मा नासिकको यवलामा भएको मनुस्मृति दहन कार्यक्रममा भनेका थिएर्, अष्ट–कोटी अस्पृश्यहरुलाई गुलाम बनाएर राख्नेवाला, कयौ करोडौ बहुजन समाजलाई अज्ञान, दरिद्रता र अत्याचारमा राख्नेवाला अनि आफ्नै आमा–बहिनी–छोरी–श्रीमती समाजलाई मानवीय अधिकारबाट वचिंत राख्नेवाला हिन्दु धर्ममा रहनु हुदैन, किनकी यस धर्ममा क्रमबद्ध दासत्व छ । यो दासत्व यस्तो श्रृंखलाबद्ध छ कि यसबाट हाम्रो उन्नति कहिल्यै हुन सक्दैन । यही श्रृखंलालाई हामीले तोड्नु छ । यही निर्णय आज हामीले गरेका छौं । हामीले आफूूलाई हिन्दु त अवश्य भन्दछौं, तर हामी हिन्दु मन्दिरहरुमा जान सक्दैनौ, पुरोहित बन्न सक्दैनौं । कुवा–धाराको पानी पिउन सक्दैनौं । यति मात्र होइन;अझै अरुहरुलाई छुन पनि सक्दैनौं र हामीले छोएपछि अरु अपवित्र हुन्छन् । फेरी पनि आज सम्महिन्दु मानिसहरु हामी लाई कुनै प्रकारको अधिकार दिन तयार छैनन् । केही मानिसहरु भन्दछन् कि तपाई शान्त रहनुस् र प्रतिक्षा गर्नु होस् । किनकी हजारौ वर्ष देखि चल्दै आइरहेका यस्ता रुढीवादीहरुलाई एक–दुई दिनमै कसरी बदल्न सकिन्छ । मत यस्ता मानिसलाई भन्न चाहन्छुु कि तिमी एकदिन, दुई दिनका लागि अछुत बनेर त हेर । हामी एक या दुई दिन देखि होइन, अझै सय करोडौ वर्ष बित्दै गए, के थाहा कहिले देखि हामी अछूत छौं । जो सुकैले यसलाई हटाउने प्रयत्न गरेको छ या गर्दछ उसले हामीमाथि केवल गोहीको आँशु बगाउने ढोंग रच्दछ ।
अस्पृश्यहरुको थाप्लोमा मोहरिएको यो अपमान अहिलेसम्म समाप्त भएको छैन् । यो अन्यायी र शोषण गर्ने धर्ममा रहेर यो हट्नेवाला छैन् । यो मेरो दुर्भाग्य हो कि मेरो जन्महिन्दु धर्ममाभयो, तर आजम यस्तो प्रतिज्ञा गर्दछु कि म हिन्दु भएर जन्मलिएपनिहिन्दुकोरुपमा मर्ने छैन् । म यो प्रतिज्ञा अवश्य पुरा गर्ने छु । ’

अम्बेडकरले धर्म परिवर्तन गर्नुको कारणहरु
अम्बेडकरले धर्म परिवर्तनको निर्णय गर्नु भन्दा अगाडि धेरै अध्ययन अनुसन्धान सहित विभिन्न धर्म र संस्कृतिको बारेमा अध्ययन गरेरमात्र यसको निर्णय लिएका थिए । उनको उद्धेश्य धर्म परिवर्तनको मतलब केवल धार्मिक दृष्टिकोण मात्र थिएन । उनले यसलाई सामाजिक परिवर्तनसंग पनि जोडेर हेरेका थिए । हिन्दु समाजमा कथित अछुतलाई न पढ्ने अधिकार थियो न धर्मको अभ्यास गर्ने अधिकार थियो । राम्रो लुगा लगाउने, राम्रो खानाखाने, भोज भतेर गर्ने, घोडा चढेर विवहा गर्ने, गहनाल गाउने जस्ता सामाजिक प्रतिष्ठासंग जोडिएको कुनै किसिमको आधार भूत अधिकार समेतबाट बन्चित गरिएको थियो । जात अनुसारको पेशा व्यवसाय नगर्ने हो भने उनीहरुमाथि हिंसा गरिन्थ्यो । यि सबैबाट मुक्तिको लागि पनि धर्म परिवर्तनको आवश्यकता उनले महसुस गरे ।
उनले धर्म परिवर्तनलाई सामाजिक समानताको प्राप्तिको संघर्षको रुपमा लिए । अछुतपन अर्थात अस्पृश्यता हिन्दु धर्ममा धर्मशास्त्रको माध्यमबाट संस्थागत गरिएकोले हिन्दु धर्म भित्र जातव्यवस्थाको अन्त्य संभव नभएकोले धर्म त्याग नै जात व्यवस्थाको अन्त्यको मार्गको रुपमा लिए । जो स्वाभिमान, आत्मसम्मान पूर्वक बाच्न चाहन्छ उसलाई उनले हिन्दु धर्ममा कुनै स्थान देखेनन् ।

जातको मनोविज्ञानबाट बाहिर आएकोले संगठनात्मक प्रभाव पनि धेरै छ । अहिले त्यहाका बौद्धमार्गीहरु सन् २०२५ सम्म दस करोड बहुजनलाई बौद्धधर्म प्रति आकर्षित गर्ने योजना सहित अगाडि बढी रहेका छन् ।

समाजमा तीन प्रकारका शक्तिहरु हुन्छन् । १. मनुष्य बल, २. धन बल, ३. मानसिक बल । कथित अछूतहरु जनसंख्याको हिसाबले अल्पसंख्यक छन् । जात व्यवस्थाको कारण आपसमा संगठित छैनन् । उनीहरुसंग कुनै किसिमको आर्थिक श्रोत साधन छैन । मनोबलको नितान्त अभाव छ । प्रतिशोधको भावनामरी सकेको छ । चारै तिरको निराशापूर्ण वातावरणबाट माथि उठ्नको लागि उनले धर्म परिवर्तनको आवश्यकता छ भनेर भने । शक्ति संचय गर्न पनिहिन्दु धर्म त्याग्नुको विकल्प देखेनन् । उनले हिन्दु धर्ममा व्यक्तिको उन्नति संभव देखेनन् । मानवतावादी चिन्तन र चेतनाको सर्वथा अभाव देखे । सहानभूति, समानता र स्वतन्त्रताको नितान्त अभाव देखे ।
हिन्दु समाजमा स्पष्ट व्यवहार के थियो भने हिन्दु र कथित अछुतहरुको बीचमा कुनै किसिमको सामाजिक सम्बन्ध थिएन् र अहिले पनि छैन् । जसरी इसाई र मुसलमानहरुसंग हिन्दुको खानपान र विहेवारी हुदैन त्यसैगरी कथित अछुतहरुसंग पनि कुनै किसिमको सम्बन्ध हिन्दुहरुको नभएको कारणले गर्दा पनि अम्बेडकरको दृष्टिकोणमा धर्म परिवर्तन नौलो कुरा थिएन । उनको दृष्टिकोण नाम थर बदलेर मात्र समाज बदलिदैन भन्ने थियो । हिन्दु धर्म भित्र बसेर सुधारको कल्पना गर्नु भनेको धमिलो पानीमा बसेर सफा पानी पिउने प्रयत्न गर्नु हो भन्ने धारणा उनको थियो ।
बौद्ध, इसाई र मुसलमान, फारसी कहलिनु धर्म परिवर्तन हो । तर नाम थर बदल्नु होइन, किन कि यी धर्महरुको आधार अर्कै छ । यिनीहरुको समाजको रचना बेग्लै छ, यिनीहरुको सभ्यता र संस्कृति बेग्लै छ । रोगको अर्को नाम राख्दैमा विमारी हट्दैन । जसरी रोगको प्रभाव औषधी उपचारबाट घट्दछ त्यसै गरी हामीले पनि केवलनाम थर मात्रबदल्ने होइन् सबै क्षेत्रमाआमूल परिवर्तन गर्नु पर्छ भन्ने धारणा उनको थियो । आर्थिक उन्नति गर्न, सामाजिक हैसियत बनाउन, आत्मसम्मान पूर्वक जीवनयापन गर्न र व्यक्तिको नैतिकता, आचरण, मानसिक विकासलाई प्रोत्साहन गर्न पनि धर्म परिवर्तनको आवश्यकता अम्बेडकरले महसुस गरे ।

बौद्ध धर्म नै किन ?
अम्बेडकरले आफ्ना पाँच लाख भन्दा बढी अनुयायीहरु सहित १४ अगस्त १९५६ मा नागपूरको दिक्षा भूमीमा बौद्ध धर्म ग्रहण गरे । उनले बौद्ध धर्म ग्रहण गर्दा आफूूले धर्म परिवर्तन गरेको नभै दासत्वबाट मुक्ति पाएको साथै घर फिर्ता भएको अभिव्यक्ति दिएका थिए । अम्बेडकरले बौद्ध धर्मलाई सहजै स्वीकार गरेर बौद्धमार्गी भएका थिएनन् । उनले आफू बौद्धमार्गी बन्नुु भन्दा अगाडि संसारभरी अभ्यासमा रहेका सबै धर्मको गहिरो अध्ययन गरेर भारतका कथित अछूतहरुको मुक्तिको लागि सबैभन्दा उपयुक्त, मानवतावादी चेतनाले युक्त, वैज्ञानिक, धर्मको परिभाषा अनुसारको आचरण, आफ्नै भूमीको उपज, बुद्ध स्वयमले पनि ब्राह्मणवाद विरुद्ध शान्तिपूर्ण क्रान्ति गरेकाले नै बौद्ध धर्म प्रति उनको आकर्षण बढेको थियो । समानता, स्वतन्त्रता, भातृत्व, मैत्री, करुणाको मुल्य मान्यता रहेको धर्म भएका कारणले गर्दा नै अम्बेडकरले बौद्ध धर्म अपनाएका थिए । बुद्ध स्वयमले जातव्यवस्थाको ब्राह्मणी परिभाषालाई उल्टाएर समाजमा सन्देश दिइ सकेका थिए । संघमा सबैलाई प्रवेश दिएमानवमानव बीचको विभेद र असमानतालाई नकारी सकेका थिए । यि सबै कुराहरुलाई आधार बनाएर उनले बुद्ध धर्म नै सबैभन्दा उपयुुक्त धर्म हो भन्ने मानेर बुद्ध धर्मलाई ग्रहण गरेका थिए ।

नेपालका उत्पीडितहरुको आन्दोलनमा अम्बेडकरवादको सान्दर्भिकता
भारत जस्तै नेपाल पनि हिन्दुुहरुको बर्चस्व भएको देश हो । जहाँ हिन्दु छन् त्यहा जातीय विभेद चर्को रुपमा रहेको हुन्छ । किनभने जात व्यवस्था हिन्दुुहरुको धर्म सम्मत संरचनाहो । जति बेला अम्बेडकरले भारतमा जातीय विभेदको चरम पीडा भोगेका थिए त्यसै गरी आज पनि नेपालका कथित अछुतहरुले जातीय विभेदको चरम यातना भोग्दै आएका छन् । हरेक दिनजसो विभेदका सिकार भई रहेका छन् । अन्तरजातीय विवहा गरेको कारणले, चुल्हो छोएको कारणले, अन्जानबस कथित छुतको घरमा प्रवेस गरेको भनेर, कथित अछुतले आयोजना गरेको भोजमा समेत कथित छुतहरु विभेद गर्न पछाडि परेका छैनन् । अन्तर जातीय विवहाको कारणले युवाहरुको हत्या समेत भई रहेको छ । कथित अछुतले आफूलाई हिन्दु भन्छन् । तर मन्दिरमा पुजा गर्न जादा हत्या समेत भएको स्थिति छ । कथित अछुत महिलामाथि हुने हत्या हिंसा र बलात्कारको घटना बढ्दो छ । युएनडिपिले गरेको अध्ययनले नेपालमा ९० प्रतिशत कथित अछुतहरु जातीय हिंसाका सिकार भएको तथ्य सार्वजनिक गरेको छ । त्यस मध्ये केवल ३० प्रतिशत मात्र न्यायको लागि सरकारी निकायमा जाने उल्लेख गरिएको छ ।
राज्यले संबिधानमा छुुवाछुत बिरुद्धको हकलाई मौलिक हकको रुपमा राखेको छ । ऐन कानून सबै बनेको छ । तर पनि समाजमा जातको आधारमा हुने विभेद यथावत छ । राज्यका विभिन्न निकायमा बस्ने व्यक्तिहरु जातिवादी मानसिकताबाट बाहिर आउन सकेका छैनन् । त्यसैले जातको नाममा विभेद गर्नेहरुलाई कारवाही हुन्छ भन्ने कुरामा ७० प्रतिशत भन्दा बढी कथित अछुतहरुलाई विश्वास छैन् । त्यसैले उनीहरु न्याय माग्न सरकारी निकायमा जादैनन् । अम्बेडकरले आफ्नो समय कालमा जे पीडा भोगेका थिए आजको नेपालमा पनि त्यो पीडा सत प्रतिशत कथित अछूतहरुले भोगी रहेका छन् । यही विभेदको कारणले गर्दा नै राजनैतिक, आर्थिक, सामाजिक अधिकारबाट अहिले पनि बन्चित छन् । अम्बेडकरको भनाई छ जबसम्म हिन्दु धर्म यो धर्तीमा रही रहन्छ जातव्यवस्था पनि रही रहन्छ । त्यसैले हामीले हिन्दु धर्म भित्र बसेर जातव्यवस्थामा सुधार गर्ने प्रयास गर्नु भनेको चट्टानमा टाउको ठोक्नु सरह हो । किनभने चार हजार वर्ष देखि यो धर्तीमा जातव्यवस्था कायम छ र धेरै व्यक्तिहरुले यही भित्र बसेर सुधार गर्ने परिकल्पना गरेर काम गरे । तथापि यो व्यवस्था अहिले पनि दह्रो रुपमा समाजमा कायम छ । किनभने हिन्दुहरु जो यो संरचनाको कारणले गर्दा अरु भन्दा हरेक कुुराले माथि छन्, संरचनागत लाभ उठाई रहेका छन् उनीहरु कहीले पनि यो जात व्यवस्थाको अन्त्यचा हदैनन् । त्यसैले हामीले हिन्दु धर्म भित्र बसेर सुधारको परिकल्पना गरेर समय खेरा फाल्नु भन्दा यहाँबाट बाहिर आउनु नै सबै भन्दा उत्तम उपाय हो । किनभने हामीले जात व्यवस्थाको अन्त्यचाहेर हुुने पनिहोइन् । जात व्यवस्थाको अन्त्य त त्यति बेला संभव छ जब धर्म शास्त्रबाट पूर्णरुपमा यसको खारेज हुन्छ । र त्यसको पहल ब्राह्मणहरुले लिनु पर्दछ । जगतगुरु शंकराचार्य, पशुपतिको मूल भट्ट हुने अधिकार जबसम्म बाहुनमा मात्र सिमित हुन्छ जातव्यवस्थाको अन्त्य हिन्दु धर्ममा संभव छैन् । किनभने उनीहरुको हैसियत नै जातव्यवस्थामा अड्किएको छ । क्षेत्री, वैश्यले त यो स्थान प्राप्त गर्न सक्ने अवस्था छैन् भने शुद्रलाई त झनै उनीहरु वर्ण व्यवस्थाभित्रको भनेर मान्दैनन् ।
अम्बेडकरले हिन्दु धर्मबाट बाहिर आउने निर्णय त्यसै गरेका होइनन् । उनले जातव्यवस्थाको बिरुद्ध लामो समय संघर्ष गरेर बिताए । उनले हिन्दुहरुलाई बुझाउने धेरै प्रयास गरे । तर असफल भए । त्यस पछि जातव्यवस्था के मा टिकेको छ र यसले कसरी मानिसको मनोविज्ञानलाई असर पारेको छ भन्ने विषयमा दसकौ लगाएर अध्ययन गरे । त्यस पछि अन्ततःहिन्दु धर्म त्याग्नुको विकल्प देखेन र आफ्ना ५ लाख अनुयायी सहित बौद्ध धर्म ग्रहण गरे ।
नेपालको सन्दर्भमा भन्ने हो भने अहिले पनि यो अभ्यास सान्दर्भिक छ । नेपाली समाजमा कम्युनिष्टहरुले वर्गीय मुक्तिको कुरा ल्याए । तथापि जातव्यवस्था त्याग्न सकेनन् । अहिले पनि सर्वहार बाहुनको हैसियत र कथित अछुतको हैसियतमा आकास जमिनको अन्तर छ । सबै खाले विभेदको अन्त्यभनेका थिए । तर जात कै नाममा उनीहरु मान्छे मार्न तयार छन् । हामीले धेरै प्रकारका राजनैतिक व्यवस्थाको अभ्यास ग¥यौ । अहिले लोकतन्त्रको पनि अभ्यास गर्दै छौ तर कथित अछुतहरु माथिहुने विभेदको श्रृंखला अहिले पनि टुुंगिएको छैन् । विभेद यथावत छ ।
नेपालको कथित अछुतहरुको आन्दोलनले अझै पनि वास्तविक दुश्मन को हो भनेर पहिचान गर्न नसक्दा आन्दोलनले सही दिशालिन सकेको छैन् । यो आन्दोलन नदीको भुमरीमा अल्झिएको काठ जस्तो भएको छ । दक्षिण एशियाखास गरी भारत र नेपालको सवालमा भन्ने हो भने कम्युनिष्टहरुले भने जस्तै वर्गीय मुुक्ति भन्दा पनि ब्राह्मणवादको जगमा टेकेको वर्ण व्यवस्थाबाट मुक्ति पहिलो शर्त हो । कथित अछुतहरुको प्रधान दुश्मन पनि ब्राह्मणवाद नै भएकोले त्यसको बिरुद्ध नै संघर्ष गर्नु पहिलो आवश्यकता हो । तसर्थ अम्बेडकरले जुुन विचार दर्शन र व्यवहार यो धर्तीमा छोडेर गएका छन् त्यसको अनुयायी भएर नै अगाडि बढ्न सकियो भने पहिलो धर्मको नाउमा भएको उत्पीडनबाट मुुक्तिपाउने छौ भने । दोस्रो राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृति रुपले समेत हामीले अग्र दिसातर्फ उन्मुख हुने वातावरण पाउने छौ । विश्वको इतिहास हेरौ भने पनि राजनैतिक क्रान्तिभन्दा अगाडि धार्मिक क्रान्ति भएको छ । नेपालका उत्पीडतहरुले पनि यो बाटो अपनाउन जरुरी छ । आज भारतमा जसले बौद्ध धर्म, इसाई धर्म लगायतका धर्महरु ग्रहण गरेका छन् ति समुदायको जीवनस्तर हिन्दु भएर बस्ने भन्दाको धेरै माथि छ । खासगरी बौद्धमार्गीहरु जो अम्बेडकरको अनुयायी भएर बौद्ध धर्मलाई अंगाले उनीहरुको शिक्षाको स्तर भारतको राष्ट्रि«य औसत भन्दामाथि छ, आर्थिक स्तर पनि धेरै माथि आएको छ । जातको मनोविज्ञानबाट बाहिर आएकोले संगठनात्मक प्रभाव पनि धेरै छ । अहिले त्यहाका बौद्धमार्गीहरु सन् २०२५ सम्म दस करोड बहुजनलाई बौद्धधर्म प्रति आकर्षित गर्ने योजना सहित अगाडि बढी रहेका छन् । त्यसैले अम्बेडकरले भने जस्तै हाम्रो लागि पहिलो आवश्यकता हो हिन्दु धर्मको त्याग र त्यस पछि मात्र राजनैतिक आन्दोलन । अम्बेडकर बिचार केवल कथितहरुको लागि मात्र उपयोगी होइन । यो विचार यहाँका सबै बहुजन र मूलवासीहरुको लागि पनि हो । किनभने उनले भारतको संबिधान बनाउदा र संघर्ष गर्दा सबै उत्पीडितहरुको अधिकारलाई सुनिश्चित गर्ने गरी संबिधान बनाएका छन् । अतिवादी हिन्दुहरुले यहाँका मूलबासीहरुमाथि गरेको विभेद र हिंसाको बिरुद्धमा निरन्तर संघर्ष गरेका छन् । महिलाहरुको पक्षमा त्यतिकै आवाज उठाएका छन् । उनीहरुको हक अधिकार सुनिश्चितताको लागि निरन्तर संघर्ष गरेका छन् । तसर्थ अम्बेडकर दक्षिण एशियाका मात्र नभएर विश्वभरीका उत्पीडित जनताहरुको संघर्षको साझा प्रतिक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank