दलित संघको महाधिवेशन गराउन नेताहरुको ध्यानाकर्षण

दलित अनलाईन २६ असार २०७९, आईतवार २२:०८

काठमाडौं  —नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका नेता कार्यकर्ताले एक महिनाभित्र महाधिवेशन गराउन माग गरेका छन् ।

नेता शिव सुनारको नेतृत्वमा पार्टीका पदाधिकारीहरुलाई ज्ञापन-पत्र बुझाउँदै संघको पाँचौँ महाधिवेशन १० वर्षदेखि हुन नसकिरहेको भन्दै एक महिनाभित्रै अधिवेशन गराउन माग गरेका हुन् ।

त्यस्तै, उनीहरुले जातीय विभेदका घटनामा पिडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारवाही गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेलको स्थापना गर्न माग गरेका छन् । पार्टीमा दलित समुदायको सम्मानजनक सहभागिताकोलागि समेत आग्रह गरेका छन् ।

उपसभापति पुर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीहरुसमेत भेटेर ज्ञापन पत्र बुझाएको नेतृ सीता बिशंखेले बताइन् । ज्ञापनपत्रमा सबै भातृ तथा सुभेच्छुक संस्था समावेशी समानुपातिक प्रतिनिधित्व गराउन माग गरेका छन् ।

‘निकट भविश्यमा हुन गैरहेको संघ तथा प्रदेशसभाको निर्वाचनमा दलित जातिय समुदायबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने सदस्य बाहेक प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तिमा पनि जनसंख्याको आधारमा उमेदवार बनाउने व्यवस्था गरियोस्,’ उनीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank