यस्तो थियो मदन र विद्या भण्डारीको प्रेम कथा

दलित अनलाईन ६ असार २०७५, बुधबार १०:३४

काठमाडौं, सादा जीवन र सिर्जनात्मक सोंचका लागि चिनिन्छन् जननेता मदन भण्डारी । दासढुङ्गा दुर्घटनामा उनको मृत्यु भयो । उनको मृत्यु आजसम्म पनि रहस्यको घेरामा नै छ ।

बिडम्बना भनौं, उनको मृत्युपछाडिको यथार्थ पत्ता लगाउन आजसम्म कुनै पनि सरकारले पहल गरेको छैन । मदन पत्नी विद्या अहिले देशको सर्वोच्च पद राष्ट्रपतिमा आसीन छिन् । उनकै सहयात्रीहरुले दुई तिहाई बहुमतको सत्ता चलाएका छन् । तर भण्डारीको हत्यामाथि थुप्रिएका पर्दाहरु उघार्न भने कसैले आँट गरेका छैनन् ।

मदन भण्डारी र विद्यादेवी भण्डारीबीच प्रेम विवाह भएको थियो । कस्तो थियो त मदनको बाल्यकाल र कसरी बस्यो उनीहरुबीच प्रेम ? बिभिन्न मिडियामा यस अघि नै प्रकाशित सामग्रीको सम्पादन अंश यहाँ प्रस्तुत गरिएको छ ।

मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो ।

बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । जन्म ५ असार ०१८ मा भाजपुरको मानेभञ्ज्याङ गाविस २ स्थित अम्बोटे भन्ने स्थानमा भएको थियो । बाल्यकालमै उनको बाबु रामबहादुर पाण्डेको निधन भयो । गाउँकै विद्योदय हाईस्कुलबाट विद्याले एसएलसी गरेकी थिइन् । झापा आन्दोलनमा उनका काका खगेन्द्रको समलग्नता थियो । उनकै प्रभावमा परेर उनी वामपन्थी राजनीतिमा लागेकी थिइन् । ०३३ तिर पूर्वमा क्रियाशिल पूर्वको रातो झण्डा समूहसँग उनको सम्पर्क भएदेखि नै उनी कम्युनिस्ट बनिन् । क्याम्पस पढ्दै गर्दा मुलुुकमा नेकपा मालेको स्थापना भयो । त्यतिबेला बनेको मालेको पर्चा बाढ्ने काममा विद्या क्रियाशिल थिइन् ।

औपचारिक शिक्षा विद्याले त्यतिबेला गाउँमै ७ कक्षासम्म पढ्न पाइन् । उनका बाजे गाउँकै प्रधानपञ्च थिए । सोही कारण विद्याका बाल्यकाल राजनीतिमय थियो । तत्कालीन परिवेशमा उनको परिवार कांग्रेसको राजनीतिमा सक्रिय थियो । उनका काका खगेन्द्रलेमात्रै वामपन्थी राजनीति गरेका थिए । अन्य काकाहरु कांग्रेसकै राजनीतिमा सक्रिय थिए । जोगिन्द्र पाण्डे नाम गरेका उनका काका त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पीए नै थिए ।

यसरी भएको दियो मदनसँग भेट

२०३६ राजनीतिक यात्राकैक्रममा मदन भण्डारीसँग उनको पहिलो भेट भएको थियो । त्यतिबेला मदन भण्डारीले पार्टी भित्रको उपनाम ‘कमरेड सागर’ राखेका थिए । विद्यालाई सागर नै मदन हुन् भन्ने थाहा थिएन । सागरको नामले मदन भण्डारी भोजपुर पुगेका थिए । त्यतिबेलै उनीहरुबीच भेट भएको थियो । त्यतिबेलादेखि नै भेटघाट बाक्लियो । करिब २ पटकसम्म विद्यासँग भोजपुरमै मदनको भेट भयो । तेस्रो भेट विराटनगरमा भएको थियो ।

विद्या र मदनको प्रेम झाँगिनुमा केही वर्षअघि एमाले छोडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण छ । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे । राईकै भूमिकाबाट उनीहरुको विवाह भएको थियो ।

नेपाली समाज पितृसत्तात्मक हो । त्यतिबेला महिला राजनीतिमा लाग्नुलाई राम्रो मानिदैन थियो । राजनीतिमा लागेको थाहा नहुँदासम्म छोरीलाई परिवारले राम्रै रुपमा हेर्थे तर उनी अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएपछि घरका सबैले गाली गरे । काका खगेन्द्र त खोज्नका लागि भोजपुरबाट धरानसम्म आए ।

कलेजबाट प्रतिनिधित्व गरेर काठमाडौं आएकी उनलाई परिवारले विहे गर्न दबाब दियो । तर विद्याले मानिन् । पार्टीले समेत मदन भण्डारीसँग विवाह गर्न प्रस्ताव गरे, तर उनी तत्काल विहे नगर्ने सोचमा थिइन् । केहीसमय मदनसँग प्रेम चल्यो । दुई वर्षपछि पार्टीमा विहेको लागि निवेदन दिइन् । पार्टीले औपचारिक रुपमा सहमति दिएपछि ०६९ साउन २४ गते पार्टीकै लगानीमा उनको मदन भण्डारीसँग विवाह भयो । एकल निर्णयमा विवाह गरेकी विद्याको विवाहमा माइतीपक्षबाट कोहीपनि आएका थिएनन् ।

विवाहपछि विद्या पढ्नको लागि मोरङ क्याम्पसमा भर्ना भईन् । सोही वर्ष विद्या स्ववियुको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । विवाहको केही समयपछि उनी काठ्माडौं आईन् । करिब ३ वर्षको काठमाडौं बसाईं स्थापित नहुँदै ०५० जेठमा चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो ।

त्यसपछि विद्यालाई घरपरिवार चलाउन निकै कठिन भयो । २०५० जेठमा भएको जिप दुर्घटनामा, मदन भण्डारीको मृत्यु भएपछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा चुलिएको थियो ।

मदनभण्डारी बारे विद्या 

‘मदन भण्डारीसँग मेरो चिनजान हाम्रो विवाहभन्दा अघिदेखि नै भएको थियो। राजनीतिक पार्टी, विचार र सिद्धान्त एउटै भएको कारणले गर्दा यसरी भेटघाट हुनु स्वाभाविक थियो । मैले मदनलाई सबभन्दा पहिले २०३६ सालमा भोजपरमा पार्टी बैठकमा जाँदा देखेकी हुँ। त्यसपछि ०३७ साल फागुन २१ गते पार्टी स्थापना दिवसको अवसरमा र तेस्रो पटक ०३८ सालको फागुनतिरै भेटेकी हुँ। यी भेटघाट भनेको पार्टीगत कामले नै हुने गर्दथे । तर, हामी औपचारिक रुपमा पार्टी बैठकमा भोला हुने र संगठनका बारेमा छलफल गर्ने गथ्र्यौं। यही राजनीतिक र बैचारिक सम्बन्धले गर्दा पार्टीकै प्रस्तावमा हाम्रो सम्बन्ध ०३९ साल साउन २४ गते विवाहमा परिणत भयो हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेता भएका कारणले हाम्रो विवाह पार्टीगत ढंगले नै आयोजित भयो ।

मदन भण्डारीसँग तत्कालनी नेकपा मालेको नेता भएकोले उहाँको सम्पुर्ण समय पार्टीको काममा बित्थ्यो। उहाँले आफ्नो जीवनको सम्पुर्ण समय कम्युनिष्ट पार्टीको काममा लगाउन चाहनुहुन्थ्यो। पारिवारिक सम्बन्धले उहाँलाई कहिल्यै बाँध्न सकेन। साथीभाइहरुसँगपनि पार्टी बैठकहरुमा औपचारिक कुरा गर्ने, अरु बेलामा पार्टी काममा व्यस्त रहने र कम बोल्ने गर्नुहुन्थ्यो । मदन कुनै देश, ठाउँ वा व्यक्तिबाट प्रभावित नभइकन आफ्नै सोचका आधारमा परम्पदावादी वामआन्दोलनलाई परिस्थितिजन्य ढंगले अगाडि बढाउन चाहनुहुन्थ्यो। उहाँको भनाइ नै थियो पार्टी पार्टीको लागि होइन, जनताका लागि हुनुपर्छ र कम्युनिष्ट पार्टीको नाममा कुनै किसिमको निरंकुशतालाई लाद्न दिनु हुँदैन ।

उहाँको दैनिक जीवन साह्रै व्यस्त थियो । विहान ५ बजे उठ्ने र राति १ बजे सुत्ने गर्नुहुन्थ्यो। काम साँच्ने बानी थिएन। सम्पुर्ण समय अध्ययन, टिपोट लेखनमा नै बित्थ्यो। फुर्सदको समय कहिल्यै भएन। उहाँ लगाउने र खाने कुरामा सोखिन हुनुहुन्नथ्यो । भान्सामा जे उपलब्ध छ त्यही खानुहुन्थ्यो। ज्यादै मन पनेै खाने कुरामा हरियो सागपात र दही हो। तर यसको कहिल्यै माग गर्नु भएन। उहाँलाई मन पर्ने रङ कलेजी हो । प्रचलन अनुसारको सर्टपेन्ट लगाउनुहुन्थ्यो।’

श्रोतः बिभिन्न मिडियामा प्रकाशित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank