मैले खोजेको बाबुराम भट्टराई !

दलमर्दन कामी ४ असार २०७९, शनिबार २०:५८

जसले, सत्ता र शक्तिको स्वाद र सुविधा पाउँदापाउँदैको त्यसलाई त्यागेर पहिचान सहितको संघीयता, पुर्ण समानुपातिक समावेशीता र पुर्ण धर्मनिरपेक्षता, उत्पीडित जनताको थप माग र मुद्दालाई सशक्त बनाउन भन्दै आफैले बनाएको संविधान आधा गिलास खाली र आधा गिलास भरिएको गिलासको संज्ञा दिए ।
सबै सुविधालाई त्यागेर मधेस आन्दोलन र विद्रोहमा सहभागी हुँदै उत्पीडित दलित बनाइएका शिल्पी, अल्पसंख्यक सीमान्तकृत विपन्नता सबैसबै उत्पीडित वर्ग र समुदायक जनताको पक्षमा रहेर पुराना र यथास्थितिवादी पार्टी र तिनका नेतृत्व केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल कमल थापाहरुको हुल र बथानबाट बाहिरीएर र उत्पीडित जनताको अधिकारको निम्ति भुइँमा अर्थात सडकमा झरेर वैकल्पिक शक्ति निर्माण कार्यमा उत्रिनु चानचुने कुरा होइन । उनै बाबुराम भट्टराई लाई आज ६९ औं जन्मदिनको शुभकामना दिनुपाउँदा आफुलाई अत्यन्तै हर्षिद र गौरावन्दीत गर्दछु ।

यति हुँदाहुँदै पनि श्रदेह नेता बाबुराम भट्टराईमाथि मेरा केही शंका आशंका छन । त्यो हो, कहिकतै पुराना यथास्थितिवादी र पश्चगामी तत्वले फेरि रनभुल्लमा पारेर कहिकतै उहीँ दलदलमा त फसाउने हैनन ती हुलहुद्दा र जथ्थाले ? कति पहिचान अधिकार पुर्ण समानुपातिक समावेशीता उत्पीडित उपेक्षित जनताको मुद्दात छोडेर उहीँ ड्याम्ममा त पुग्ने हैनन ? कतै तथाकथित उच्चजातीय अहंकारी नस्लिय ब्राह्मणवादी दलदलमा फस्नुत हुन्न ? बाबुराम भट्टराईसँगको सहकार्य नयाँ शक्ति पार्टी नेपाल निर्माण गर्दा देखिको मात्रै हो । त्यो भन्दा अगाडि सन्जोक भनौं उत्पीडक जाति समुदायले म र मेरो समुदायमाथि गरेको चरम अमानवीय क्रुरू अन्याय अत्याचार दमन विभेद शोषण अन्याय अत्याचार हत्याहिंसाको पराकाष्ठाको उपज भनौं २०६६ साल बैशाख २९ गते वा जेठको १–२ गते हुनुपर्छ ।

करिब करिब एक मिनेटको अन्तरालमा उस बेलाका प्रधानमन्त्री बाबुराम भट्टराईमाथि मेरो हातबाट उहाँमाथी कुटपिट हुने थियो । तर संजोकले भनौ मेरो भाग्यले भनौं त्यो अबस्था हुन पाएन । त्यो दिनको सम्झना गर्दा त्यो घटना घट्न नपाउनु पनि म आफुलाई भाग्यमानी संम्झिन्छु । यदि त्यो घटना भएको भए बाबुराम भट्टराईलाई पाउने थिइन् र उहाँको निष्ठा साद्की र उत्पीडित जनताप्रतिको त्याग तपस्या बलिदानि जीवनलाई सधैं तथाकथित उच्चजातीय अहंकारी नस्लिय ब्राह्मणवादी मात्रै देख्ने थिए ।

उहाँको नेतृत्व र जीवनकालमै नेपाली समाजमा रहेको जातीय आसमानता अहंकार तोडेर राज्यमा समानुपातिक समावेशीता सम्मानजन सहभागिता समता मूलक सभ्य समाजको निर्माण हुनेछ ।

अन्जानमा उहाँ माथि मैले अन्याय गरेको हुनेथियो । अब उहाँ माथि म आक्रमण नजिक किन पुगेको थिए यो पनि भनौं २०६६ साल बैशाख २६ गते केहि भुमाफिया दलाल सामान्तिहरुको गलत रिपोर्टिङ, सरसल्लाह र उस्काहटले काठमाडौं थापाथली स्थित सुकुम्बासी बस्तीमा राति तीन बजे बाट ३५०० पैतिससय प्रहरी खटाई सुकुम्बासीमा अवस्थित बालबच्चालाई प्रहरीले गिरफ्तार गर्ने महिलामाथि अन्धाधुन्ध लाठी गोली बारुद बर्साई दुइसय पैसठ्ठी घरटहरा भतिएका थिए भने दर्जनौं सुकुम्बासीहरु घाइते भए र नौ जना गर्भवती महिलाहरुको गर्व तुइ्यो । जसमा मेरो आफ्नै श्रीमती पीडित थिइन् । तीन महिनाको गर्वपतन भएको थियो । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग नयाँ शक्ति पार्टी निर्माण अभियान देखी समाजवादी पार्टीहुँदै आजको जनता समाजवादी पार्टी नेपालको अभियानको दिनसम्मको यात्राले मलाई जसपाका संघीय परिषद अध्यक्ष पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रतिको मोह स्नेह सद्भाव सम्मान यसरी जागेको छ ।

यदि बाबुराम भट्टराईलाई हमला गरेर मार्नु गोली हानेको थाहा पाए भने उनको छाती अगाडि मेरो छाती हुनेछ यदि कसैले उनको गर्दनमा हान्छ भने पहिलो गर्दन मेरो हुनेछ र बचाउँनेछु । यो बाबुराम भट्टराईले गरेको उत्पीडित जनता माथिको अवस्था र मुक्तिको बुझाई र उनले गरेको त्याग तपस्या बलिदान र ईमानदारिताको फल हो । बाबुराम भट्टराई उत्पीडित समुदायका लागि पनि बाँच्नु पर्छ । उनको नेतृत्वम सारा उत्पीडित दलित बनाइएका शिल्पी ,आदिवासी जनजाति महिला मुस्लिम इसाई अल्पसंख्यक सीमान्तकृत उत्पीडित क्षत्रीबाहुनले न्याय समानता समतामूलक समाज सहितको देशले विकास र समृद्धि पाउनुपर्छ ।

मलाई थाहा छ, नेपाली समाजमा सत्ता र शक्तिको दुरुपयोग गर्दै हिन्दुवर्णश्रमवादी व्यवस्था कुलमा अति अहंकारी विभेदकरी कुल र बाहुन समाजमा जन्मेका र हुँर्किएका बाबुराम भट्टराई त्यस समुदायभित्रका र देशकै वौद्धिक राजनीति नेतृत्व त्यागी र सादगी हुनुहुन्छ तरै पनि मलाई के विश्वास छ भने, पुराना र पुरातनवादी यथास्थितिवादी पार्टी र तिनका नेतृत्व केपी ओली,शेर बहादुर देउवा , प्रचण्ड, माधव नेपाल कमल थापाहरुको हुलहथ्था र बथानबाट बाहिरिएर यी र यस्ता लोभीपापी चिन्तन चरीत्रबाट ग्रसित हुलहुद्दाबाट मुक्त भएर नयाँ र वैकल्पिक शक्तिको अग्रगामी बाटोको नेतृत्व गर्नुहुनेछ ।


भट्टराई पथपर्दक भएर उहाँको त्यागी र सादकी जीवनको अनुसरण गर्न आज आम नेपाली जनता लालयित हुनेछन् र उहाँको नेतृत्व र जीवनकालमै नेपाली समाजमा रहेको जातीय आसमानता अहंकार तोडेर राज्यमा समानुपातिक समावेशीता सम्मानजन सहभागिता समता मूलक सभ्य समाजको निर्माण हुनेछ । त्यो काम आदरणीय प्रणेता जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबाट मात्र संभव छ । छ

(कामी, जसपा नेपाल केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank