गृहमन्त्रीद्वारा सुन्दर हरिजन मृत्यु प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

दलित अनलाईन १८ जेष्ठ २०७९, बुधबार ११:२७

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले रोल्पा कारागारभित्र भएको सुन्दर हरिजन मृत्यु प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेका छन् ।

गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो ।

जेलबाट छुट्नु केही दिन पहिले हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो । उक्त मृत्यु प्रकरणको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank