निर्माण स्थलमा चोटपटक लागेका नेपालीको मुत्यु

दलित अनलाईन १७ जेष्ठ २०७९, मंगलवार १६:५९

गुल्मी —  गुल्मीमा निर्माण स्थलमा काम गर्दागर्दै चोटपटक लागेका एक मजदुरको गएराती मृत्यु भएको छ ।

निर्माण स्थलमा गम्भीर घाईते भई सोमबार साँझ जिल्ला अस्पताल तम्घास ल्याईएका  मुसिकोट नगरपालिका–४, बडागाउँ होलागाडेका ४८ बर्षीय कर्णबहादुर सार्कीलाई त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको निर्माण स्थलमा घाईते भई मृत्यु भएको र  आवश्यक बीमा रकम दिलाउने गरि निर्माणवाला कम्पनी र पीडित पक्ष दुबैलाई बोलाएर छलफल थालिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

निर्माण कम्पनी बासुरी डिएन्डी पुष्पाञ्जली जेबिका प्रमसख धनिश्वर गौतमले आफ्नो साईडमा काम गर्ने ती मजदुरको काम गर्ने शिलशिलामा चोटपटक लागेको र अस्पताल ल्याउन साथ मृत्यु भएकोले तत्काल क्रिया खर्च दिलाउने र मृतकका परिवारलाई विमा रकम समेत दिलाउनका लागि प्रकृया अगाडी बढाउने सहमतिमा पुगिएको गौतमले बताए ।

कतिपय मजदुर निर्माणस्थलमा घाईते हुँदा वा मृत्यु हुँदा निर्माण कम्पनीहरु पन्छिन खोज्ने गरिरहेको बेला पछिल्लो पटक यी मजदुरको मृत्युमा बाँसुरी डिएन्डी पुष्पाञ्जली जेबि कम्पनीले देखाएको सदासहायता स्वागत योग्य भएको दलित अगुवा टिका बिश्वकर्माले प्रतिकृया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank