सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

दलित अनलाईन १५ जेष्ठ २०७९, आईतवार १७:४७

काठमाडौं — सरकारले सबै भूमिहीन दलितलाई तीन वर्षभित्र आवास उपलब्ध गराउने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो ।

त्यसैगरी, बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताए ।

ad

‘आधारभूत कृषि उत्पादन धान, मकै, गहँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने ।

मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने’,अर्थमन्त्री शर्माले भने, ‘भूमिहिन दलितलाई आगामी ३ वर्ष भित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिवीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पु¥याउने ।’

ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank