जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’

दलित अनलाईन ११ जेष्ठ २०७९, बुधबार २२:३२

जाजरकोट — सदरमुकाम खलंगा र भेरी नदीमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च गरिएको छ । दलित समुदायमाथि भएको गम्भीर नरसंहार हत्याकाण्डको दुई वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा भेरी प्रतिरोध मार्च गरेका हुन् ।

जेठ १० गते रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ । त्यही दिनको स्मृतिमा प्रतिरोध स्वरुप नागरिक आन्दोलन सहित यहाँका दलित अधिकारकर्मी , वरिष्ठ प्रगतिशील लेखक खगेन्द्र संग्रौला, नागरिक अगुवाहरूले सदरमुकाम खलंगा बजार र भेरी नदीमामा बिरोध र्याली गर्दे प्रतिरोध मार्च गरेका हुन् ।

 

रुकुम घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । बरू राज्य प्रशासन नै घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन् । पीडित परिवारले न्याय पाउनेमा आशंका उत्पन्न भइरहेका बेला सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गरिएको प्रतिरोधः जनअधिकार आन्दोलनका सदस्य प्रमोद धितालले जानकारी दिए ।

भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरी बीच प्रेम सम्बन्ध थियो । ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूलाई २०७७ जेठ १० गते साँझ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले हत्या गरेको थियो ।

घटनामा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो भने घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank