तलब भत्ता नलिने ताराखाेला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर  विककाे घाेषणा

दलित अनलाईन ७ जेष्ठ २०७९, शनिबार ०९:०४

बागलुङ —  ताराखोला गाउँपालिका नवनिर्वाचित अध्यक्ष धनबहादुर विक हिमालले  पदभार ग्रहण गरे लगत्तै दुई महत्त्वपूर्ण निर्णय गरेका छन् ।

आफुले कुनै पनि तलब भत्ता नलिने घोषणा गरेका धनबहादुर विक हिमालले तलब- भत्ताको रकम सामाजिक सुरक्षा कोष खडा गरि शहिद ,बेपता,घाइते ,अपांग तथा विपन्न, अशाह परिवारलाइ निश्चित मापदण्ड बनाएर बितरण गर्ने निर्णय गरिएको हो । कार्यपालिका पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै पहिलो बैठकले बाझो जग्गा प्रोत्साहन कार्यमक्रमका लागि उत्पादकत्व वृद्दि गरि , स्वरोजगार र आत्मनिर्भर बनाउन प्रतिरोपनी २ हजारका दरले सहुलियत प्रदान गर्ने निर्णय पनि गरेको छ । बाझो जग्गालाई उत्पादनमा जोडी उत्पादन र रोजगारी सिर्जना गर्न कृषकलाई प्रतिरोपनी २ हजार प्रदान गर्ने निर्णय गरेको हो । कार्यपालिकाको पहिलो बैठकले नागरिकलाइ खुसी र आशा जगाउने निर्णय गरेको अध्यक्ष विकको भनाइ छ ।

अध्यक्ष विकले सुरुमा पदभार ग्रहण गरेपछि वडा अध्यक्ष र सदस्यलाई सपथ खुवाएका थिए । त्यसलगत्तै निर्वतमान जनप्रतिनिधिलाई विदाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

पाँच वर्षमा भएका सकरात्मक प्रयासको प्रशंसा गर्दै  बाँकी कार्यभार पुरा गर्न नवनिर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने राजनीतिकदलका प्रतिनिधिले सुझाएका थिए । उक्त कार्यक्रमकै अवसरमा जनयुद्दमा आफ्ना आफन्त गुमाएका शहिद परिवारलाइ दोसल्ला अ‍ोडाएर सम्मान गरिएको थियो ।

आगामी दिनमा शहिदको सपना पुरा गर्न शहिद परिवारका सदस्यहरुलाइ साक्षी राखेर नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता सहित कसम समेत खाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank