काठमाडौं — जातीय विभेद विरुद्धकाे ‘ बाबू के थरी ’ बाेलकाे र्याप गीतकाे भिडियो सार्वजनिक भएको छ ।
समानता र सामाजिक न्यायको पक्षमा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारकाे शब्दमा केटिएम साेल्जाकाे आवाज र बिटमा जातीय विभेद विरुद्ध ‘बाबु के थरी ’ बाेलकाे र्याप गीतकाे भिडियो सार्वजनिक भएको हो ।
राेसन परियारको निर्माणमा र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डकाे प्रस्तुतिमा ‘ बाबू के थरी ’ छ । र्याप गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरकाे अभिनय छ भने निर्देशन मनिष निराैंलाले गरेका हुन् । भिडियोकाे छायांकन पाटन आसपासमा गरिएको छ । निर्माणता राेसन परियार बताउँछन् ‘ बाबू के थरी ’ पहिला कविताको रुपमा थियो । कविता पढेपछि मलाई साह्रै मन छाेयाे । उक्त कवितालाई र्याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो । ताकि युवा जमातमा केही सन्देश पुगाेस् । जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ , त्यो आम मानिसले बुझुन् भन्ने हाे । ’
साहित्यकार परियार भन्छन्- ‘ बाबू के थरी ’ कविता जातीय कुप्रथाका विरुद्ध लेखिएको हाे । याे कवितामात्रै नभएर आक्राेश पनि हाे । यस कवितालाई र्याप गीत बनाउने राेसन परियारकाे याेजना मन परेकाले यस परियोजना जाेडिएकाे हुँ ।’ र्याप संगीतकाे इतिहास विभेदसँग जाेडिएकाे छ । कथित सामाजिक संरचनाका विरुद्ध गीत गाइन्थ्याे । अस्वेत समुदायको पिडा पाेख्ने माध्यम पहिले र्याप थियो । अझ र्याप गीतलाई प्रेटेस्ट पाेएट्री पनि भन्छन् ।
अहिले संसारमै र्याप युवा जमातमा निकै लाेकप्रिय छ । त्यसकारण पनि ‘ बाबू के थरी ’ र्याप गीत विशेष छ । जातीय विभेद विरुद्ध छ । समाजिक समानता र समताकाे वकालत गरेको छ । निश्चितरूपमा यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ,’ साहित्यकार परियारले थपे । सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनुनै यस र्याप गीतको विशेषता हाे । र्यापरकाे गायकीले , गीतमा झन् उर्जा थपिदिएकाे छ । र्यापर केटिएम साेल्जा , नेपाली र्याप विधाकाे उदाउँदो नक्षत्र हुन् ।
Leave a Reply