जातीय विभेद विरुद्धकाे र्‍याप 

दलित अनलाईन २२ चैत्र २०७८, मंगलवार १५:००

काठमाडौं — जातीय विभेद विरुद्धकाे  ‘ बाबू के थरी ’ बाेलकाे र्‍याप  गीतकाे भिडियो सार्वजनिक भएको छ ।

समानता  र सामाजिक न्यायको पक्षमा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारकाे शब्दमा केटिएम साेल्जाकाे आवाज  र बिटमा  जातीय विभेद विरुद्ध  ‘बाबु  के थरी ’ बाेलकाे  र्‍याप  गीतकाे भिडियो सार्वजनिक भएको  हो ।

राेसन परियारको निर्माणमा र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डकाे प्रस्तुतिमा ‘ बाबू के थरी ’ छ ।   र्याप गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरकाे अभिनय छ भने निर्देशन मनिष निराैंलाले गरेका हुन् । भिडियोकाे छायांकन पाटन आसपासमा गरिएको छ । निर्माणता राेसन परियार बताउँछन्  ‘ बाबू के थरी ’ पहिला कविताको रुपमा थियो । कविता पढेपछि मलाई साह्रै मन छाेयाे । उक्त कवितालाई र्याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो । ताकि युवा जमातमा केही सन्देश पुगाेस् । जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ , त्यो आम मानिसले बुझुन् भन्ने हाे । ’

साहित्यकार परियार भन्छन्- ‘ बाबू के थरी ’ कविता जातीय कुप्रथाका विरुद्ध लेखिएको हाे । याे कवितामात्रै नभएर आक्राेश पनि हाे । यस कवितालाई  र्‍याप  गीत बनाउने राेसन परियारकाे याेजना मन परेकाले यस परियोजना जाेडिएकाे हुँ ।’  र्‍याप  संगीतकाे इतिहास विभेदसँग जाेडिएकाे छ । कथित सामाजिक संरचनाका विरुद्ध  गीत गाइन्थ्याे । अस्वेत समुदायको पिडा पाेख्ने माध्यम पहिले र्याप थियो । अझ र्याप गीतलाई प्रेटेस्ट पाेएट्री पनि भन्छन् ।

अहिले संसारमै र्याप युवा जमातमा निकै लाेकप्रिय छ । त्यसकारण पनि ‘ बाबू के थरी ’  र्‍याप  गीत विशेष छ । जातीय विभेद विरुद्ध छ । समाजिक समानता र समताकाे वकालत गरेको छ । निश्चितरूपमा यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ,’  साहित्यकार परियारले थपे । सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनुनै यस र्‍याप  गीतको विशेषता हाे । र्यापरकाे गायकीले , गीतमा झन् उर्जा थपिदिएकाे छ ।  र्‍यापर केटिएम साेल्जा , नेपाली  र्‍याप विधाकाे उदाउँदो नक्षत्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank