राज दरबारभित्र जातीय विभेद विरुद्धको गीत ‘हजुर मुसुक्कै’

दलित अनलाईन १० फाल्गुन २०७८, मंगलवार २२:१९

काठमाडौँ — ’यो राजकोट दरबार हो । महाराज बलदेव सिंह यस दरबारका राजा हुन् । स्वभावले हठी, व्यवहारले सरल, अनि रमाइला प्रवृतिका महाराजा बलदेव सिंह एक युगले जन्माएका युग पुरुष हुन् । महारानी यसोधाको मृत्युपश्चात राजकुमार राजदेवको पालन–पोषण गर्दै आएका महाराजको एक अर्को सम्बन्ध पनि छ । दरबारकी नचनिया विष्णा वादी र महाराज बलदेव सिंहबीचको प्रेम सम्बन्ध प्रगाढ छ‘.।’

राज दबारभित्र भएको सामाजिक रूपान्तरणको कथालाई गीतमा निकै मिहिनेतका साथ प्रस्तुत गरेको छ । जातपात, उचनीचलाई लिएर राजामा आएको परिवर्तनको कथालाई उकृष्ट ढंगबाट फिचरिङ मात्र गरिएको छैन कि, गीतलाई कथाबाट थप यर्थात रुपमा भिडियाको माध्यबाट म्युजिकल फिल्म नै बनेको छ ।

हठी स्वभाव र रमाइलो गरिरहन मन पराउने राजा बलदेवले वादीलाई सुनपानी छर्किएर चोखो बनाई दरबारभित्र प्रवेश गराएका छन् । यो प्रेम राजकुमार राजदेवले सानैदेखि देखेका हुन्छन् ।

रानी यसोधाको मृत्युपछि राजा बलदेवले अर्काे रानी विहे नगरी राजकुमार राजदेवलाई हुर्काउँछन् । यता विष्णा वादी दरबारमा आउँदा आफ्नो भतिजी रायमतिलाई पनि लिएर आउने गर्छिन् । भतिजी रायमति र राजकुमार राजदेवबीच बाल्यकालदेखि नै प्रेम हुन्छ ।

राजकुमारको २५ औँ जन्मदिनको अवसर पारेर विष्णा वादी र जवान वादी दरबारमा नाच्न आइपुग्छन् । दरबारका राजा रजौटाहरूको भिड हुन्छ ।

समारोहको अन्तिममा राजाले बझाङी राजाकी सुपुत्री दुर्गादेवीसँग राजकुमारको स्वयम्बर हुने रैबार आएको कुरा घोषणा गर्दा राजकुमारले अस्वीकार गर्छन् । उनले त्यहीँ रायमति वादीसँग सानै उमेरदेखि भएको प्रेमको खुलासा गर्छन् र रायमतिसँगै विवाह गर्ने अडान लिन्छन् । आफ्नो प्रेम सफल हुन नसके पनि राजकुमारको प्रेमका अगाडि राजा बलदेव घुँडा टेक्छन् । रायमति र राजकुमारबीचको प्रेमलाई स्वीकार्दै आफ्नो राज्यमा अब कुनै जातपात र उचनीच नरहने घोषणा गर्छन् । मनुष्यले बनाएको जातपात र उचनीचलाई मनुष्य जीवनले नै हटाउनुपर्छ र यो कार्य आफैँबाट सुरु गर्छु भन्दै राजा बलदेवले जनहितमा सन्देश जारी गरिदिन्छन् ।

सुरेश अधिकारीको शब्द तथा संगीतमा गायक कृष्ण विक र गायिका रचना रिमालले स्वर दिएको यस गीतको भिडियो १५ मिनेट ६ सेकेन्ड छ । प्रस्तुत गरिएका कथा, पटकथा अनि संवादले गीतभन्दा फिचर फिल्मको झल्को बढी लाग्न सक्छ । राजेश हमाल, निरुता सिंहजस्ता ’स्टार’ कलाकारको अभिनय, त्यसैमाथि क्लाइमेक्स र सन्देश हालेपछि कुनै फिचर फिल्मभन्दा फरक लाग्दैन– ’हजुर मुसुक्कै’ ।

’हजुर मुसुक्कै’ गीत राज दरबारभित्र भएको जात व्यवस्था अन्त्यका बनेको सामाजिक कथाको यर्थाथपरक सामाजिक गीत हो । छुवाछूतको सन्देशलाई गीतमार्फत भन्न खोज्दा गीतमा फिल्मी कथा जोडिएको ’हजुर मुसुक्कै’का निर्देशक जी.बी आग्री बताउँछन् । ’सन्देश दिने क्रममा भिडियो लम्बियो । धेरै दर्शकले फिल्म हेरेजस्तै लाग्यो भनेर प्रतिक्रिया दिनुभएको छ । मैले गीतलाई म्युजिकल फिल्म बनाएको हो,’ जीबीले भने, ’अहिले मानिससँग भिडियो हेर्ने समय हुँदैन । तर मैले छोटो समयमै सन्देश दिन गीत बनाएँ ।  फिल्म बनाएको भए डेढ घण्टा लाग्थ्यो होला । गीतले दिएको सन्देशलाई धेरैले तारिफ गरेका छन् । मेरो चाहना समाज रुपान्तरण होस् भन्ने थियो ।’ फिल्मको कथालाई गीतमा मिसाइदिँदा भिडियोका लागि ३५ लाख खर्च भएको आग्रीले बताए ।

राम्रोसँग स्टोरी टेलिङ भएको यो कथा आधारित गीत युट्युबमा अहिले यो गीत ४ नम्बरमा छ । जातीय छुवाछुत र विभेद अन्त्यका लागि  सक्रिय भुमिका निर्वाह गरेको गीतले नेपाली समाजको रुपान्तरणमा निकै महत्वपूर्ण  भुमिका निर्वाह  गर्ने विभिन्न अडकलबाजी गरिएको छ । जातीय विभेदका अभियान स्वरुप संचालन भएका वा रचना गरिएका गीत संगीतहरुले नेपाली समाजको कला -साहित्य बजारहहरु एक पछि अर्को गदै छाप छोड्दै गईराखेका छन् । यसबाट नेपाली समाजका विभिन्न स्वरुपहरु विभिन्न इतिहासमा पनि भइगरेको यर्थाथ चित्रण  नेपाल साहित्य बजारमा पाइन्छ । त्यहीमाध्ये पछिल्लोे चरण बजारमा आएको ‘हजुर मुसुक्कै’गीतले जात व्यवस्थाको रुप उदांगो बनाएको मात्र छैन  कि, जात व्यवस्थाभित्र कालो  बादल माडारिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank