सझनाको अन्त्येष्टि : परिवारलाई १० लाख दिने गृह मन्त्रालयको निर्णय

दलित अनलाईन १४ आश्विन २०७७, बुधबार २३:१८

बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको परिवारलाई गृह मन्त्रालयले १० लाख राहत दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले विपद् व्यवस्थापन कोषबाट बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका बताएका हुन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार गृहमन्त्रालयका सचिवबाट आफुँलाई बालिका परिवारलाई विपद् व्यवस्थापन कोषबाट तत्कालै निकासा हुने गरी १० लाख राहत दिने निर्णय भएको जानकारी पाए ।  निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवार सहित सर्वपक्षीय छलफल जिल्ला प्रशासन कार्यालयमा चलाएर सहमतिमै हत्या गरिएकी बालिकाको शव विहिबार बुझ्ने सहमति भएको थियो ।

प्रहरीले अपराधीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु पर्ने माग राख्दै परिवारले सम्झनाको शव बुझ्न मानेका थिएनन् । परिवारको माग बमोजिम प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गदै अभियुक्त सार्वजनिक गरेको थियो ।
बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन् ।]

सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानव अधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघ–संस्थाका प्रतिनिधिहरु सेती दोभान पुगेका थिए । छोरीको हत्याको घटना सुनेर आइतबार मात्रै भारतबाट बझाङ आइपुगेका मृतकका बाबु विकास कामी भने कोरोना संक्रमित भएका कारण छोरीको अन्तिम बिदाइमा सहभागी हुन पाएनन् ।
असोज ७ गते घरबाट गोठ हिँडेकी माष्टा गाउँपालिका २ खिकालाकी सम्झना कामीलाई सोही गाउँको सिम मन्दिरमा बलात्कारपछि हत्या गरिएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा खिकालाका राजेन्द्र बोहराले हत्या आफुले गरेको स्वीकार गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank