जात व्यवस्था विश्वव्यापी समस्या हो

होमराज आचार्य १७ आश्विन २०७७, शनिबार २१:४९

बहस : नेपालमा दलित भविष्य

सबै थोक हुँदाहुँदै पनि हामी किन पछाडी परिरहेका छौँ त ? भनेर घोत्लिएको उत्तर एउटै कुरामा गएर टक्क अडियो– छुवाछुत । प्रश्न उठ्न सक्छ– कसरी ? उत्तर पनि सजिलो छ । यस व्यवस्थाले तीन हजार वर्षदेखि एउटा ठूलो समुदायलाई सामाजिक बन्दी बनाइरह्यो । त्यो समुदायले आफ्नो सीप र क्षमतालाई स्वतन्त्र रुपले विकास गर्न पाएन । उत्पादनका साधन र श्रोतमा उसको स्वामित्व रहेन । उसले उत्पादन गरेका वस्तुमा अर्कै समुदाएको स्वामित्व रह्यो ।
अनि यस्तो शोषणका विरुद्ध आवाज र आन्दोलन पनि चलिरह्यो । नयाँ नयाँ चीजको आविष्कार गर्न प्रयोग हुने उर्जा केवल आन्दोलनमा खर्च भइरह्यो । त्यस्तो अवस्थामा प्रगति कसरी सम्भव हुन्छ ? हामीलाई जानकारी भए अनुसार गौतम बुद्धको पालादेखि यस जात व्यवस्था र छुवाछुतविरुद्ध आन्दोलन भएको देखिन्छ । बुद्धले मुक्ति र मोक्षका लागि अरुलाई गुरु मान्न जरुरी छैन भन्ने सिद्धान्तको प्रतिपादन गरेदेखि जात व्यवस्थाका अभियन्ताहरुले वहाँलाई नास्तिक भनेर परिभाषित गरे पनि अहिले संसारको ८५ प्रतिशत जनसंख्याले जात व्यवस्थालाई अस्वीकार गरेको छ । मानव सभ्यताको ८५ प्रतिशत भन्दा बढीले अस्वीकार गरेको यस्तो विचारलाई संस्कार र सभ्यताको रुपमा अभ्यास गरे पछि पछाडी नपर्ने कुरै भएन । जात व्यवस्था र छुवाछुतको अभ्यास गर्ने दुई देश मध्ये नेपाल र भारत मात्रै हुन् । १ सय ९५ वटा सार्वभौम राष्ट्रमध्ये दुई भनेको केवल ०.०१ प्रतिशत हो । यति थोरै देशले मानेको प्रणालीलाई मानेपछि प्रगति हुन्छ ? तर गजबको कुरा त यो छ कि संसारमा पागलपना भएको मान्छेको संख्या पनि लगभग १५ प्रतिशत नै छ ।

जात व्यवस्था एउटा मुद्दा हो,जसमा लगानी ३००० वर्षदेखि भएको छ । तर ८५ प्रतिशतले यसको लगानीलाई जोखिम ठान्छन् भने यसले कसरी प्रगति गर्न सक्छ ? अहिले हाम्रो देशमा समृद्धिको नारा दिएको नास्तिक सरकारले बुद्ध भजाउन त खोजेको छ तर बुद्धको चिहान देखाएर जात व्यवस्था बेचिरहेको छ । जात व्यवस्था पनि बेच्ने जात व्यवस्थाको विरोध गर्नेलाई पनि बेच्ने ? यो हर्कत कहिलेसम्म रहला ? नाममा कम्युनिष्ट अनि उपन्यासका काल्पनिक पात्र रामको जन्म ठोरीमा भएको शंख फुक्ने ? तर गज्जबको कुरा त यो पनि छ कि विश्व जनसंख्याको १५ प्रतिशत जनसंख्या भएका दुई देशले मात्रै जात व्यवस्था फाल्न सकेका छैनन् ! विश्व बैंकको २०१८ को तथ्यांक अनुसार संसारको सबैभन्दा बढी गरिबहरु बस्ने देश पनि जात व्यवस्था मान्ने देश नै छन् जसमध्ये भारतमा मात्रै संसारका २४ प्रतिशत गरिब बसोबास गर्छन् । प्रतिशतको आधारमा जात व्यवस्था मान्ने र गरिब हुने संसारको सबैभन्दा ठुलो देश पनि भारत नै हो ।

 

हिन्दू धर्म बचाउन या यसमा सुधार ल्याउनका लागि जात व्यवस्थाको विरोध गर्नेहरु आधा सत्य बुझेका दिग्भ्रर्मितहरु हुन् । जात व्यवस्थाको अन्त्य कुनै अमूक धर्म बचाउनका लागि कसैले गर्न जरुरी छैन । जात व्यवस्था अमानवीय, गैर कानुनी र निन्दनीय अभ्यास हो यसलाई जबरजस्ती कुनै धर्मसँग गाँसेर हेर्न जरुरी छैन । कुनै धर्म गुरुले भनेर मान्छेले छुवाछुत र जात व्यवस्थाको अन्त्य गर्दैनन् ।

 

भारतका २० करोड र नेपालमा ६० लाख जनता जात व्यवस्थाको शिकार भएका छन् । आफ्नो जनसंख्याको लगभग १५ प्रतिशत जनताको उत्पादनशील क्षमतामा तालाचाबी लगाउने भूगोलमा संख्यात्मक रुपबाट संसारका सबैभन्दा बढी गरीब जनताको बसोबास हुनु अनौठो कुरा रहेन ।
छुवाछुत र जात व्यवस्थाको अन्त्य नहुँदासम्म साक्षात् विष्णु सुदर्शन चक्र लिएर हिंडे पनि गरिबी अन्त्य हुनेवाला छैन । गरिबी हटाउने पहिलो यन्त्र, मन्त्र, तन्त्र र भनेकै जात व्यवस्थाको संयन्त्रको अन्त्य हो । त्यसको अन्त्यको प्रवेश विन्दु छुवाछुत नै हो ।

हिन्दू धर्म बचाउन या यसमा सुधार ल्याउनका लागि जात व्यवस्थाको विरोध गर्नेहरु आधा सत्य बुझेका दिग्भ्रर्मितहरु हुन् । जात व्यवस्थाको अन्त्य कुनै अमूक धर्म बचाउनका लागि कसैले गर्न जरुरी छैन । जात व्यवस्था अमानवीय, गैर कानुनी र निन्दनीय अभ्यास हो यसलाई जबरजस्ती कुनै धर्मसँग गाँसेर हेर्न जरुरी छैन । कुनै धर्म गुरुले भनेर मान्छेले छुवाछुत र जात व्यवस्थाको अन्त्य गर्दैनन् । गर्ने भए बुद्धका पालादेखि अहिलेसम्म हजारौंले धर्म सुधार गर्ने नाममा जात व्यवस्थाको विरोध गरे तर सफल हुन् सकेनन् । यसको कारण के हो भने धर्म र छुवाछुत र जात व्यवस्थामा कुनै सम्बन्ध छैन । छुवाछुत गैर कानुनी हो, अमानवीय हो, दण्डनीय हो र अपराधिक अभ्यास हो । जात व्यवस्था र छुवाछुत भिन्दै कुरा हुन् । एउटाको अन्त्यसँगै अर्कोको स्वतः अन्त्य हुन् सक्दैन । अतः मानवताको मूल्य स्थापना गर्ने पहिलो सर्त नै छुवाछुतको अन्त्य हो । छुवाछुतको अन्त्य भएको भए नेपालको जात व्यवस्थाको हविगत पनि अमेरिका र बेलायत, युरोप, एशिया र अफ्रिकाको जातीय एवम् वर्गीय विभेदको रुपमा रुपान्तरण हुने थियो । विभेदको रुपमा रुपान्तरित हुने थियो । परिवर्तनको समीकरण हल गर्ने पहिलो विधि नै रुपान्तरण हो ।

नेपाल र भारतका गैर दलितले जतिसुकै खोक्रो अहमता देखाए पनि युरोप र अमेरिकामा हाम्रो स्थान दलित सरह नै हो । यहाँको जात व्यवस्थाले पनि हाम्रो नामबाट, हाम्रो बोलीबाट, हाम्रो छालाबाट, हाम्रो घरको गन्धबाट हामी उनीहरु सरह होइनौं भन्ने कुरा बताईरहेको हुन्छ । हामी धनी हुन सक्छौं, हामी धेरै पढेका हुन सक्छौं, हामी महंगा कार चढ्ने हुन सक्छौं, हामी सरकारी ओहोदामा माथि पुगेका हुन सक्छौं तर स्वेत र यूरोपियन हुन सक्दैनौं । मात्र फरक यत्ति हो, हामीसँग छुवाछुत हुँदैन अरु सबै विभेद हुन्छ । यहाँ पनि जात व्यवस्थाको अन्त्यका लागि आन्दोलन जारी नै छ ।
छुवाछुतको र जात व्यवस्था हाम्रो प्रचलनमा जोडिएका व्यवस्था हुन् । छुवाछुतको अन्त्यसँगै जात व्यवस्थाको कायामा आमूल परिवर्तन हुनेछ । जात व्यवस्था अन्त्यको परियोजनालाई टुंगोमा पु¥याउने हो भने छुवाछुतको अन्त्य पहिलो सर्त हो । छुवाछुत अन्त्य नभई जात व्यवस्था अन्त्य हुँदैन । जात व्यवस्थाका नाममा राजनीति र एनजिओको परियोजना संचालन गर्ने परिपाटी रहेसम्म पनि जात व्यवस्थाको अन्त्य हुँदैन । जसरी गरीबीको अन्त्य विकसित देशहरुको गोलपोस्ट सारेर खेलिरहने खेल हो, जात व्यवस्थाको अन्त्य पनि त्यही खेलको नयाँ पाटो हो । त्यसकारण हामीले भएभरको शक्ति लगाएर छुवाछुतको अन्त्य गर्नुपर्छ किनकी छुवाछुत हाम्रो मौलिक समस्या हो । छुवाछुत अन्त्य भएपछि जात व्यवस्थाको अन्त्यको बाटो खुल्छ र बल्ल त्यो आन्दोलन रेसिजमको विश्वव्यापी आन्दोलनसँंग जोड्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank