के हिन्दुधर्ममा सुधार सम्भव छ ?

चन्देश्वर दास २ फाल्गुन २०७८, सोमबार २०:१९

गुरुकुल शिक्षामा दलित जनजाति समुदायको विधार्थीले पनि अध्ययन गर्न पाउनुपर्छ भनि कहिलेकाहि चर्को विवाद हुने गरेको छ ।
गत वर्ष झापा र बाग्लुङ्ग लगायतका जिल्लाहरुमा यसले ठूलै विवादको रुप लियो । आफैलाई सुधारवादी भन्न रुचाउने केही बाहुनहरुले शुद्र विधार्थीले पनि पढ्न पाउनुपर्छ भनेर कोसिस गर्दा ती बाहुनहरु बाहुन समुदाय बाटै बहिस्करणमा परे । खोटाङ्ग जिल्लामा एकजना आचार्य थरका एक जना बाहुन बृद्धाले दलितको सहभोजमा गएर खाएकै निहुँमा सामाजिक बहिस्कारमा परे । भर्खरै बाग्लुङ्गमा एकजना बाहुन सामाजिक बहिस्कारमा परेका छन् । यस अघि बाग्लुङ्गमै चन्द्रकान्त पौडेल नामक बाहुन पनि सामाजिक बहिस्कारमा परे ।

गुरुकुल शिक्षा पद्धतिमा शुद्र, अतिशुद्रले शिक्षा आर्जन गर्ने व्यवस्था छ कि छैन, शास्त्रीय मान्यता के छ ? के यी तथाकथित सुधारवादीको माग अनुसार शास्त्र सशोधन हुन्छ । पौराणिक मान्यता र कथाहरुमा शुद्रले धर्मशास्त्रीय मान्यता विपरीत शिक्षा ग्रहण गरेको आरोपमा मृत्युदण्ड दिएको कथाहरु यत्रतत्र पाइन्छ । रामायण कथामा धर्माआदेश भन्दा विपरीत शिक्षा ग्रहण गरेको आरोपमा रामद्वारा शंबूक नामक शुद्रको हत्या गरेको प्रसंग छ । त्यस्तै महाभारतमा द्रोणाचार्य नामक बाहुनले धनु विधामा क्षेत्रीहरु भन्दा उत्कृष्ट भएकोले गुरुदक्षिणाको नाममा एकलव्यको बुढी औंला काटेको प्रसंग छ ।

बाहुनको संस्कृति धर्म अनुसार जन्मदेखि मृत्युसम्म सोह्र संस्कार हुन्छ त्यसमध्ये सबैभन्दा महत्वपूर्ण संस्कार हो जनैकर्म । जसलाई शास्त्रीय भाषामा उपनयन भनिन्छ । त्यस पछि जनैधारी गर्नेको दोश्रो जन्म हुन्छ, जसलाई द्विज भनिन्छ यो पनि गुरुकुल शिक्षासँग जोडिएको प्रसंग हो । जुन बालकको जनै हुन्छ त्यो बालकले मात्र गुरुकुलमा प्रवेश पाउँछ । जबकी जनैकर्म दुई जातको मात्र हुन्छ । बाहुन र क्षेत्रीको मात्र । अन्यको यो कर्म हुँदैन । नभएपछि उनीहरु स्वत् गुरुकुल शिक्षालयमा प्रवेश पाउने अधिकारी हुँदैन् ।

डा. मित्र परियारले पनि हिन्दुधर्ममा सुधारको माग गर्ने गरेको सुनिन्छ । सुधार हुन सक्दैन भनेर उनलाई पनि थाह नभएको होइन । तर उनी पनि त्यही बाटोमा छ, जो त्यहि तथाकथित सुधारवादी बाहुनहरुसँग सहकार्य गर्दैछ । सुधारवादी बाहुनले समेत सुधार्न नसकेको धर्म डा.परियारले सुधार्छु भन्नु हास्यास्पद छ ।

तथाकथित सुधारवादी अगुवाहरु यसबाट अनभिज्ञ पक्कै छैन होला । अर्को कुरा हिन्दूधर्मको उद्गगमभूमि नेपाल होइन भारत हो । शास्त्रको व्याख्या तथा संशोधन गर्ने अधिकार नेपाली पुरोहित पडिण्तसँग छैन । भारतको सन्दर्भमा उत्पीडित समुदायहरुको मसिहा डा.भिमराव अम्बेडकरले पनि हिन्दुधर्ममा सुधारको धेरै प्रयत्न गरका थिए । तर यो ब्राम्हणधर्म हो, यो धर्म परिवर्तनको विरुद्ध छ भनेर बुझिसकेपछि लाखौ अनुयायीहरु समेत बौद्ध धर्म ग्रहण गरेका थिए जसलाई भारतमा नवयान भनेर चिनिन्छ ।

हाल बेलायतको नाम चलेका विश्वविद्यालय पढेका एक जना दलित समाजशास्त्री डा. मित्र परियारले पनि हिन्दुधर्ममा सुधारको माग गर्ने गरेको सुनिन्छ । सुधार हुन सक्दैन भनेर उनलाई पनि थाह नभएको होइन । तर उनी पनि त्यही बाटोमा छ, जो त्यहि तथाकथित सुधारवादी बाहुनहरुसँग सहकार्य गर्दैछ । सुधारवादी बाहुनले समेत सुधार्न नसकेको धर्म डा.परियारले सुधार्छु भन्नु हास्यास्पद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank