धनुषामा १४ वर्षीय दलित बालिका बलात्कृत

दलित अनलाईन १७ भाद्र २०७७, बुधबार २३:४५

काठमाडौं— धनुषा गणेशमान चारनाथ नगरपालिका–८ की १४ वर्षीय दलित बालिका दुई गैरदलित युवाहरुबाट बलात्कृत भएकी छिन् ।
भदौ १५ गते १४ वर्षीय दलित बालिका चारनाथ खोला नजिकै बाख्रा चराउन गएको बेला  दुई गैदलित युवाहरुबाट बलात्कृत भएकी हुन् ।

चारनाथ खोलाको नजिकै बाख्रा चराइ रहेको बेलामा एक्लै देखेर मुखमा मास्क लगाएको दुइ जना पुरुषले जबरदस्ती करणी गरेका छन् ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षण जनकपुरस्थित प्रादेशिक अस्पतालमा गरिएको छ । प्रहरीले १७ गतेसम्म पनि अपराधी पहिचान गरी अपराधीहरुलाई समात्न नसक्नु कानुन राज्यको उपहास भएको दलित अधिकारकर्मी चन्देश्वर दासले जानकारी दिए ।
पिडक मध्ये एक जनालाई बलात्कृत बालिकाले समेत पहिचान गरेको उनी मंडल थरका गैर दलित युवा भएको समेत चन्देश्वर दासले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank