पहिरोबाट मृत्यु भएका ११ जना दलितहरुको सामुहिक अन्त्येष्टि

दलित अनलाईन २९ असार २०७७, सोमबार १८:३१

जाजरकोट— जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सामुहिक अन्त्येष्टि गरिएको छ ।
बेपत्ता थप एक जनाको शव अझै फेला परेको छैन । पहिरोमा हराएकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव भेटिएको हो । योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता ११ वर्षीया कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको थियो । कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन् । ३८ वर्षीय कलु सार्की, उनकी १३ वर्षिय छोरी तिर्सा सार्की र ६ वर्षीय छोरा सुभाष सार्कीको मृत्यु भएको छ ।
घटनामा पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीय डिल्ली सार्की तथा १८ वर्षीय विरेन्द्र सार्कीको मृत्यु भएको छ । उनीहरु दिदीको घरमा पाहुन आएका थिए । पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank