लकडाउनको अवधिमा भक्तपुर अदालतबाट ११ जना बन्दी रिहा

सोम शर्मा (बजगाई) १० बैशाख २०७७, बुधबार २१:४५

भक्तपुर – लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ जना बन्दी रिहा भएका छन् ।
लकडाउनमा बाल सुधार गृहमा रहेका १० जना र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा १ जना गरी ११ जना बन्दी रिहा भएको हुन् ।

अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीका अनुसार अनुसन्धानका क्रममा अदालतको थुनछेक आदेशबाट पूर्वपक्षका लागि बाल सुधार गृहमा पठाइएका १० जना र १ बर्षभन्दा कम सजाय भएकामध्येबाट संहिताको दफा १५५ नम्बरमा परेको निवेदन अनुसार १ जनालाई रिहा गरिएको छ ।
लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरि पेशी मुद्दा हेर्ने कामहरु भइरहको बताउँदै अदातलमा लकडाउन अवधिभर १० वटा अभियोगपत्र दर्ता भएको, २ वटा म्याद थप र २ वटा जरुरी पक्राउ पूर्जी जारी गरिएको घनेन्द्र अधिकारीले बताए ।
भक्तपुर जिल्ला अदालतका ५ जना न्यायाधिशसहितको कर्मचारीहरुको तलबबाट ३ लाख ७ हजार रुपैयाँ संघ सरकारको कोरोना कोषमा प्रदान गरिएको अदालतको श्रेष्तेदार अधिकारीले जानकारी दिए । भयो । ५ जना न्यायाधिशहरुको ७ दिन बराबरको तलब, राजपंत्राकिंत द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको ५ दिन बराबरको र रापअनं. र श्रेणी विहिन कर्मचारीको ३ दिन बराबरको तलब कट्टा गरि कोषमा जम्मा गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank