बलात्कारी र हत्याराहरुलाई कारबाही गर्न सरकारसँग दलित महिला संघको माग

दलित अनलाईन १२ आश्विन २०७५, शुक्रबार ११:४२

काठमाडौं– समाजमा बढ्दै गईरहेको बलात्कार र हत्याका घटनाहरुबाट दलित महिला र वालिकाहरु नै बढी शिकार हुनु परेको भन्दै दलित महिला संघले फेडोले सरकारसँग घटनाको उचित छानविन गरी दोषी माथि कडा कारवाहीे माग गरेको छ ।
दलित महिला संघले विज्ञप्ती जारी गदै दुई महिनाको विचमा दलित महिला तथा बालिकाहरु बलात्कार,हत्या र तेजाव प्रहारबाट पीडित भईरहेको ध्यानाकर्षण गराउँदै कैलालीमा माया विक, धादिङमा लक्ष्मी परियार र कास्कीमा १० वर्षकी बालिका श्रीय सुनारको बलात्कारपछि हत्या भएको भन्दै सरकारले तत्कालै कारबाही गर्नुपर्ने माग राखेको हो ।

दलित महिला संघकी महासचिव रेनु सिजापति हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ ,रौतहटमा सम्झना दास र सुस्मिता दास साथै नवलपरासीमा बिमला परियारमाथि तेजाब आक्रमण भएको र तेजाब आक्रमणबाट घाईते सम्झना दासको मृत्यु भईसकेको छ र अन्य दुईजना मृत्युसँग लडीरहेका अवस्थामा सरकारले दोषीलाई तत्कालै कारबाहीको दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरिएको छ ।
तेजाव आक्रमणमा परी मृत्यु भएकी रौटहट, चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुखप्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । नवलपरासीको नवलपुरमा तेजाव आक्रमणबाट गम्भीर घाईते भएकी बिमला परियार र रौतहटको तेजाब आक्रमणमा परेर उपचाररत घाइते सुस्मिता दासको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यी सबै घटनाको उचित छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कडा कानूनको व्यवस्था गर्न संघ नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank