दलितमाथि राजनीति

प्रकाश तिवारी २३ माघ २०७८, आईतवार १८:१७

सोमबारको दिन थियो । मोहनकी आमा बिहानै गाउँ छेउको शिव मन्दिरमा पुगी । मन्दिरमा भक्तजनको भिडभाड थियो । सबैका नजर हातमा पूजाको थाली बोकेकी मोहनकी आमामाथि थिए । ऊ घण्टौँ पर्खेर बसी, तैपनि पालो पाइन । घरबुढी दिउँसोसम्म घर नफर्केपछि शिवराम मन्दिर पुग्योे ।
‘ब्यान सात बजे घराट निक्लेकी । अझै पूजा गरेकी रैनचस् !’ सोध्यो शिवरामले ।
‘बाहुन बाहुनीले पालो दिए पो ।  ठेलाठाल गरेर पस्यो भने मारिहाल्चन् ! बल्ल त खाली भो । हिन अब दुबै मिलेर पूजा गरम् ।’ बूढीले भनी ।
पुजारीले शिवरामका बुढाबुढीको गन्थन सुनिरहेको थियो । ऊ बाहिर निस्क्यिो । उसले शिवरामका बूढाबूढीलाई आँखा तरेर हे¥यो अनि मन्दिरको ढोका बन्द ग¥योे ।
‘ढोका बन्द नगर्नुस् बाजे ! हाम्ले पूजा गरेकै छैन !’ शिवरामले भन्यो ।
‘पानी नचल्ने जातका लाई मन्दिर प्रवेश निषेध छ भन्ने था छैन ?’ बडेमाका आँखा बनाउँदै पण्डितले भन्यो ।
‘भमान सबका साझा हुन् । भवानको पूजामा पनि रोकतोक !’ शिवराम बोल्यो ।
‘शिव ! यानी देवादिदेव महादेव ! यिनको शिरमा ‘अछुत’का हातकोे फूल अछेता प¥यो भने अनिष्ट हुन्च ! बल नगर ।’
धेरै बिन्तिभाउ गर्दा पनि पुजारीले मन्दिरभित्र जान दिएन । शिवराम र उसकी बूढीले मन्दिरको ढोका खोल्न खोजे । पुजारी तथानाम बोल्न थाल्योे । चर्को स्वरमा भनाभन हुन थाल्योे । हल्लाखल्ला सुनेर दलित लगायत अन्य समुदाय जम्मा भए ।
दलितहरू हामीले पनि पूजा गर्न पाउनुपर्छ भन्ने, ब्राह्मण–क्षेत्रीहरू रोकतोक गर्ने । दुई पक्ष बिच धकेलाधकेल सुरु भयो । दलितहरूले ढोकाको ताल्चा फोडे । अचानक शिवराम र उसकी बूढीमाथि लाठी बर्सिन थाल्योे । दलित र गैर दलितको भिडन्त चल्योे । शिव मन्दिर परिसर रणभूमिमा बदलियो ।

यो खबर काठमाडौँ पुग्यो । मोहन राजधानीको एउटा कार्यक्रममा दलित अधिकारको विषयमा प्रवचन दिने तयारीमा थियो । उसले आफ्ना आमाबाबुमाथि शिव मन्दिरमा भएको अत्याचारको सूचना पाइसकेको थियो ।
मोहनले भाषण दियो – ‘……………। संविधानमा लेखिँदैमा छुवाछुत र जातीय भेदभाव मेटिँदो रहेनछ । प्रकृतिले मानिसलाई एक समान सृष्टि ग¥यो तर हामीले नै मानिस मानिसबिच उँचनिच र भेदभावको पर्खाल बनायौँ । मानिसले मानिसमाथि खडा गरेकोे कुरूप पर्खाल हो जाति प्रथा !
मानव इतिहासको कलङ्कको रूपमा रहेको जाति प्रथा कसरी सुरुभयो त ? हिन्दु समाजमा तीन हजार वर्ष भन्दा पहिलेदेखि वर्णमा आधारित जाति प्रथा चलि आएको पाइन्छ । खासमा जाति प्रथाको मूल आधार वर्णमा आधारित श्रम विभाजन थियो ।
नेपालको पहिलो औपचारिक कानुन मानिएको सन उन्नाइस सय दशमा जङ्गबहादुरद्वारा जारी मुलुकी ऐनमा शूद्रलाई पानी चल्ने र नचल्ने, छोइछिटो हाल्नपर्ने र नपर्ने वर्गमा विभाजित गरी छुवाछुतलाई बैधता प्रदान गरिएको थियो ।

आज पनि दलितहरू उच्च जातिकाले प्रयोग गर्ने भाँडाबर्तन र खानेकुरा छुन सक्दैनन् । मन्दिर प्रवेश गर्न सक्दैनन् । भर्खरै मात्र मेरा आमाबुबा शिव मन्दिर प्रवेश गर्न खोजेको आरोपमा बाहुन–क्षेत्री समुदायबाट घाइते बनाइनु भएको छ । हामी दलित मानिस भएर पनि पशुभन्दा निकृष्ट जीवन बिताउन बाध्य छौँ । दलितसँग प्रेम गरेको आरोपमा मेरी श्रीमती शारदा बाबुको घरबाट सदाका लागि निस्कासित गरिइन् ।
सामान्यतः वर्ण भन्नाले मान्छेको अनुहारको रङ्ग, आकृति भन्ने बुझिन्छ । इतिहास भन्छ, शूद्र वर्णका दलित समुदायको उत्पत्ति युद्धबन्दी, दास, दास योनीबाट जन्मेका, खरिद गरी ल्याइएका, सरकारी दण्डबाट दास घोषित गरिएका, दानबाट बँधुवाको रूपमा प्राप्त व्यक्तिहरूबाट हुन पुग्यो ।

संविधानमा लेखिँदैमा छुवाछुत र जातीय भेदभाव मेटिँदो रहेनछ । प्रकृतिले मानिसलाई एक समान सृष्टि ग¥यो तर हामीले नै मानिस मानिसबिच उँचनिच र भेदभावको पर्खाल बनायौँ । मानिसले मानिसमाथि खडा गरेकोे कुरूप पर्खाल हो जाति प्रथा !

 

युरोपबाट इरानको बाटो हुँदै गंगा र सिन्धु मैदानमा आई बस्ने आर्यहरूले रङ्ग र वर्णको अधारमा जातिप्रथाको सुरुवात गरे । प्रोफेसर रेप्सन लेख्छन्, सर्वप्रथम आर्यको गोरो र अनार्यको कालो रङ्गलाई लिएर जातिप्रथा प्रारम्भ भयो । काला रङ्गका अनार्य आदिवासी कालान्तरमा शूद्र बनाइए । डाक्टर रलिनसन भन्छन्, जातिको प्रारम्भिक आधार वर्ण यानी रङ्ग थियो । अर्का विद्वान् सेनार्ट लेख्छन्, वैदिक साहित्यमा शूद्रको वर्णन खासै पाइँदैन । पृथ्वीमा जन्म लिने हरेक शिशू आमाको गर्भबाट पैदा हुन्छ तर ऋग्वेदको पुरुष सूक्त भन्छ, ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षेत्री, पेटबाट वैश्य अनि खुट्टाबाट शूद्र पैदा भए ।
म्लेच्छ नामधारी अरु कोही नभएर शूद्र जातिका मानिस थिए । शूद्र इन्डो–आर्यनहरूको विचित्रको रचना थियो । यिनलाई वेदको अध्ययन गर्ने र यज्ञोपवित धारण गर्ने अधिकार थिएन । स्वामी प्रपन्नाचार्य आफ्नो पुस्तक ‘वेदमा के छ’ मा लखेका छन्– शूद्र र महिलामाथि वेद अध्ययनको प्रतिबन्ध वैदिक कालमा थिएन । स्मृति र पुराण कालपछि मात्र यसो हुन गएको होे ।’
ठुलो जातिको घरमा जन्मँदैमा कोही ठुलो हुँदैन । मानिस जन्मले हैन कर्मले महान् हुन्छ । विश्वामित्र ऋषि जन्मले क्षेत्रिय हुँदाहुँदै कर्मले ब्रह्मर्षि भए ।
क्षेत्रिय राजा यायातीले ब्राह्मण स्त्री देवयानी र दुष्यन्तले शकुन्तलासित विवाह गरेको कुरा हिन्दु ग्रन्थमा उल्लेख छ । राजा सन्तनुले निषाद पुत्री मत्स्यगन्धासँग विवाह गरे । भीमले विवाह गरेकी हिडिम्बा र अर्जुनले विवाह गरेकी उलुपी पनि स्वजातीय थिएनन् । हिन्दु ग्रन्थ रामायणका रचयिता वाल्मीकि निम्न जातिका थिए । वेदव्यास मत्स्यगन्धाकी अवैध सन्तान थिए । कुन्तीको पुत्र हुँदाहुँदै कर्ण आजीवन शूद्र कहलायो । पराशर ऋषि चण्डालका छोरा थिए ।
नेपालको वर्तमान संविधानले राजनैतिक र प्रशासनिक नियुक्तिको क्षेत्रमा दलित लगायत पिछडिएको वर्गलाई आरक्षण उपलब्ध गराएको छ । यो राम्रो पक्ष हो तर जबसम्म मनभित्रैदेखि समानताको भावना जागृत हुँदैन संविधानमा लेखिएका अक्षर मात्रले सामाजिक भेदभावको अन्त्य गर्न सक्दैन ।’
मोहनको प्रवचन सुनेपछि कार्यक्रमस्थलमा लामो समयसम्म ताली बजिरह्यो ।

उता शिवराम र उसकी श्रीमतीमाथि हातपात गर्ने पुजारीलाई प्रहरीले हिरासतमा लियो । यस यिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्र तनावग्रस्त भयोे । कार्यालय बाहिर पक्ष र विपक्षमा नाराबाजी चल्यो । पुजारी पक्षधरहरू उसलाई तुरुन्त रिहाई गर्न दवाव दिइरहेका थिए । दलितहरू भने पुजारीलाई नछोडन खबरदारी गरिरहेका थिए ।

त्यसैबीच जुलुसमा पुजारी हिरासत मुक्त हुँदैछ भन्ने हल्ला फैलियो । दलित समुदाय थप उत्तेजित भए । दोहोरो दबाबका कारण प्रमुख जिल्ला अधिकारी ठोस निर्णय लिन सकिरहेको थिएन । स्थापित पार्टीका नेताहरूले दलित र पुजारी दुबैतिर चोचोमोचो मिलाए पनि उनीहरूको भित्री सहानुभूति पण्डिततिरै थियो ।
तारा पार्टीको नेता दामोदर प्रजिअ कक्षमा पस्योे ।
‘पुजारीजी हाम्रो आस्थाका केन्द्र हुन् । उनीमाथि अन्याय भयो भने त्यसको असर आउँदो चुनावमा पर्छ । सम्पूर्ण इलाकामा पार्टीको छवि धुमिल हुन्छ । तपाईलाई हाम्ले प्रजिअ बनाको हो । गुन सम्झेर पुजारीलाई रिहा गर्दिनुस् ।’ उसले दबाब दियोे ।
‘तपाईहरू पुजारीलाई छोड्नुस् भन्नुहुन्छ । दलितहरूले नछोड्न चर्को दवाव दिइरहेका छन् । म के गरौँ ?’ प्रजिअ दोहोरो चेपुवामा थियो ।
मोहन काठमाडौँबाटै विरोध प्रदर्शनलाई निर्देशित गरिरहेको थियो ।

जून पार्टीका जिल्ला तथा केन्द्रीय नेता पुजारीलाई नछोड्नु भनी दबाब दिन्थे । यता तारा तथा जन अभियान पार्टीका समर्थकहरू पुजारीलाई तुरुन्त रिहा गरियोस् भन्दै नाराबाजी चर्काइरहेका थिए । तारा पार्टीको नेताले केन्द्रका माउ नेतालार्ई फोन ग¥यो, ‘प्रजिअ माथि कडारूपमा पेस हुनप¥यो । पुजारीलाई छोड्न नमान्ने प्रजिअको तुरुन्तै सरुवा होस् ।’

‘धर्म अफिमको नसा हो भन्दै राजनीति थाल्नेहरू हामीभन्दा बढी पुजारीप्रेमी छन् भने हाम्रो पार्टी उनको विरोधमा जाने कुरै आउँदैन । पुजारी रिहा गर्न दबाब दिइयोस् ।’ जन अभयान पार्टीको जिल्ला नेताले पनि केन्द्रमा फोन ग¥यो ।

चर्को दबाबमा परेको प्रजिअले पुजारी पक्षधर र विरोधी दुबैलाई सम्झौता वार्तामा आउन सन्देश पठायो । मेलमिलापको कुरा सुनेर दलितहरू रिसाए । उनीहरू मेलमिलाप हैन पुजारीमाथि कारबाही चाहिरहेका थिए । नारावाजी गर्दै भिड अघि बढ्यो । उत्तेजित भिडमाथि प्रहरीले लाठी र अश्रुग्याँस छोड्यो । प्रदर्शनकारीहरू आँखा मिच्दै भाग्न थाले । यही मौकामा पुजारी हिरासत मुक्त भयोे ।

( तिवारीको उपन्यास निहारिकाबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank