स्वर्गिय रेशम सुनारको नाममा अक्षयकोष निर्माण

दलित अनलाईन २१ असार २०७६, शनिबार २१:२२

काठमाडौं– जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि संघर्षरत सामाजिक अभियन्ता रेशम सुनारको नाममा अक्षयकोष निर्माण गरिएको छ ।
दलित सेवा संघ केन्द्रीय कार्यालयले राजधानीमा र ५५ जिल्ला रहेको शाखाहरुले एकसाथ १३ औ दिनको पुन्यतिथि तथा श्रदान्जलीसभा सम्मपन्न गदै रेशम सुनारको नाममा अक्षयकोष निर्माण गरिएको हो ।
जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि संघर्षरत सुनार २७ महिनादेखि ब्रेन ट्यूमर शिकार भई निर्भिक हस्पिटलमा उपचारगर्दागदै निधन भएको थियो । दलित सेवा संघ लेखा अधिकृत पूर्व कोषाध्यक्ष र हाल सल्लाकार समिति रहेका सुनारले दलित मुक्ति आन्दोलनमा समेत अहम भूमिका निर्वाह गरेका थिए ।

१३ औ दिनको पुन्यतिथि तथा श्रदान्जलीसभा समाजवादी पार्टी नेपालकी सचिव दुर्गा सोवले दलित आन्दोलन र दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न निकै कठिबद्ध भएर लाग्ने व्यक्तिलाई दलित समुदायले गुमाएको बताइ् ।


दलित गैर सरकारी संस्था महासंघका कारबाहक अध्यक्ष भक्त विश्वकर्मा, दलित अधिकारकर्मी तथा बेतत्ता आयोगका निर्वतमान सदस्य विजुल विश्वकर्मा ,विश्लेषक हिरा विश्वकर्मा दलित अधिकारकर्मीहरु मोतिलाल नेपाली ,कला स्वर्णकार,ईश्वरी विश्वकर्मा ,चक्रमान विश्वकर्मा र तिर्थ बर्मा , सन्जुंसिंह विश्वकर्मा र सुशिल विके र टंक विश्वकर्माले रेशम सुनारले समाजलाई दिएको योग्दानको चर्चा गरेका थिए । उनीहरुले दलित समुदायले एक कुशल सामाजिक अभियन्ता गुमाएको स्मरण गदै सिंग्रो दलित आन्दोलनलाई क्षेति पुगेको दावी गरे ।


जातीय छुवाछूतको मुद्दा भाई रेशम सुनारले समाजलाई छोटो समयमै महत्वपूण योग्दान दिन सफल भएको रेशमका दाई गजाधर सुनारले बताए । सुनारको एक छेरा दुई छोरी र श्रीमति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank