पत्रकार एलबी विश्वकर्माको मृत्युको छानबिन गरी कारवाही गर्न मन्त्री खतिवडालाई ज्ञापन पत्र

दलित अनलाईन १३ माघ २०७८, बिहीबार २१:४०

काठमाडौँ — राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकार एलबी विश्वकर्माको मृत्युको छानबीन गरी कारवाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।

विहिबार ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले घटनाको सत्यतथ्य छानवीन गरी पीडित परिवारलाई राहतको पहल गर्ने बताएका छन । मन्त्री खतिवडाले भने “सररकाले कोरोनाको निःशुल्क उपचार गरिरहेको छ, पत्रकार एलबी विश्वकर्माको मृत्यु कसरी हुन पुग्यो अस्पतालले अध्यन गरिरहेको छ, हामी सिभिल अस्पतालमा फेरी बुझ्छौँ, परिवारलाई राहत दिने र संभावित सहुलियत गर्न सक्ने कुरामा हामी काम गछौं।”

स्वास्थ्यमा अचानक समस्या देखिएपछि माघ ५ गते बुधबार राति नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न विश्वकर्मालाई लगिएको थियो । तर अस्पतालले पैसा अपुग भएको भन्दै स्वास्थ्य परिक्षण गरेन । तत्काल अक्सिजन दिनुपर्ने विरामीलाई पैसा नपुगेको भन्दै अन्यत्र रिफर गरिनु नै पत्रकार विश्वकर्माको निधनको मुख्य कारण बनेको थियो ।

संघले उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्न माग गरेको छ । मृतक पत्रकार विश्वकर्माको नाबालक बच्चाको उचित शिक्षाको प्रवन्ध मिलाउन माग गरेको छ । पत्रकार विश्वकर्माको श्रीमतिलाई जिविकोपार्जनमा सहयोग पुग्ने गरी स्थायी रोजगारीको व्यवस्थालगायतका पाँच बुँदे माग सरकारसँग राखेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली र महासचिव लक्ष्मण दर्नालको नेतृत्वमा सचिवहरु रीता बुढाथोकी, बिरु नेपाली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य सरिता बराइली लगायतको टोलीले मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank