यसरी गरिन् गायिका देशु गोलेले अनाथ बालबालिकाको लागि सहयोग अपिल

दलित अनलाईन २३ फाल्गुन २०७५, बिहीबार १८:०८

धरान-गरिवी तथा अनाथ बालबालिकाका निःशुल्क रुपमा अध्ययन अध्ययपन गराउनका लागि ङाम्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाले अक्षयकोष स्थापन गर्ने भएको छ ।

बालबाललिकालाई शिक्षाको ज्योतिबाट बञ्चित हुनबाट जोगाउने उद्देश्यले गुम्बाले अक्षयकोषको स्थापना गर्न लागेको गुम्बाका विदेशी विभाग प्रमुख देशु गोलेले जानकारी दिइन् ।

गुम्बाबाट एक कक्षादेखि १० कक्षासम्म विभिन्न शिक्षा जस्तै बौद्ध शिक्षा र अंग्रेजी विषय पढाउने उद्देश्य रहेको छ । यस कार्यका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नका लागि समेत गोलेले अनुरोध गरेकी छिन् ।

धरान उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित रहेका यस ल्हाखाङ गुम्बाले गुम्बा निर्माणपछि अनाथ तथा गरिवी बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य, खाना र बस्ने ब्यबस्था गरिरहेको छ । हाल यस गुम्बामा विभिन्न ठाउँका ११ जना बालबालिकालाई अध्ययन अध्ययपन गराई रहेको गोलेले नाम्सादिमलाई जानकारी दिइन् । हाल गुम्बामा हुने विद्यार्थिहरु कोही आर्थिक अबस्था कम्जोर भएका, आमा बुबाले छोडेर बिचल्लि भएकाहरु रहेका छन् । गुम्बामा बालबालिका आउने क्रम जारी नै रहेको तर गुम्बामा आर्थिक अबस्था कम्जोर भएको हुँदा उक्त बालबालिकालाई राम्रोसंग पढाउनका लागि अक्षयकोषको स्थापन गर्न लागेको गोले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank