कसुरदार मरेपछि पनि सजाय !

 अमर सुनार १३ माघ २०७८, बिहीबार २१:०४

दैलेख  — कर्तव्य ज्यान मुद्दा चलिरहेका कसुरदार  मृत्युपछि पनि दैलेख जिल्ला अदालतले जन्मकैद सजाय गरेको छ । साविकको लाकुरी गाविस हाल डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी विकलाई हत्या गरेको कसूरमा अदालतले जीवित छँदा गरेको अपराधको भागीदार ठहर गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसुरदार डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका जङ्गे भन्ने शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । न्यायाधीश लामिछानेले फैसलामा जीवित छँदा गरेको अपराधमा सजाय गर्नुपरे पनि ‘अपराधीको मृत्युसँगै अपराध पनि मर्दछ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाय असुल गर्नु नपर्ने ठहर्ने व्याख्या गरेका छन् ।

२१ वर्ष अघि २०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको भन्ने आरोप सम्वन्धमा अघिल्लो वर्ष २०७७ पुस ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोग सम्वन्धमा मुद्दाको तहकीकात चलिरहेकै समयमा विष्टको ७५ वर्षको उमेरमा २०७८ जेठ २८ गते मृत्यु थियो ।

घटनाको भोलिपल्टदेखि फरार भएका विष्ट सिकिस्त विरामी अवस्थामा २०७७ असोजदेखि सुर्खेतमा वस्तै आएका थिए । सुर्खेतमा छन् भन्ने जानकारी पाएपछि उमेरले बुढो र विरामी पनि भएकोले प्रहरीले फरारको सूचीमा राखेर अनुसन्धान गरेको थियो । उनी पनि छिमेकी जिल्लामा बस्तै गरेका भन्ने जानकारी घटनाको २० वर्ष पुग्न लागेको कारण जनाउँदै प्रहरीले मुद्दा जगाएर बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालयले २०७७ पुस ३ गते जिल्ला अदालतमा कर्तव्य ज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो ।

घटना हुँदा ५४ वर्ष उमेरका विष्ट त्यस लगतै फरार रहेका, सधैं मदिरामा उन्मत्त रहने, महिलाहरुसँग जिस्किने स्वभाव भएका कारण वलात्कारपछि कसूरदारले विष्टले नै मृतक डिलकुमारी विकलाई हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चुप्रा बजारमा चामल किनेर घर फर्किने क्रममा साँझ पानी पिउन भनी बाटोमा पर्ने जङ्गे भन्ने शेरबहादुर बिष्टको घरमा केही बेला रोकिएकी डिलकुमारीलाई तीन दिनपछि बिष्टकै घर नजिक सेरा खोल्सामा खिरोको रुखमा नाम्लोले झुण्ड्याएको अवस्थामा फेला परेकोले बिष्टले नै हत्या गरेको भन्दै श्रीमान् जीतबहादुर विकले प्रहरीमा जाहेरी दिएका थिए ।

हत्या गरिएको भनिएकी डिलकुमारी विक उतिबेला २५ वर्षकी थिइन् । उनका ३ छोरा मध्ये उतिबेला ७ वर्षका अलिले २८ वर्ष पुगेका जेठो छोरा चन्दन बिक र त्यसबेला ४ वर्षको अहिले २५ वर्षका माइलो छोरा छबिलाल बिकले अहिले विवाहवारी गरी दुबैका एक–एक छोराछोरी छन् । त्यतिबेला डेढ वर्षको कान्छो छोरा राजु विक आमाको हत्या घटनाको एक महिनापछि मृत्यू भएको थियो ।

प्रहरीले तत्परता नजनाएको कारण कसूरदारलाई जीवित छँदै पक्रेर सजाय गर्न नपाएको डिलकुमारीका श्रीमान् जीतबहादुर विकको टिप्पणी छ । कसूर मरिसकेपछि पनि कैद सजाय भएको सुन्दा अदालतप्रति धन्यवाद दिनैप¥यो तर ऊ जीवित छँदै कैद भएको भए कति खुशी हुन्थ्यौं ? बुहारी राधा विकले भनिन् ।

अपराध हुँदाको कानून अनुसार सजाय गर्नुपर्ने कानून अभ्यास अनुसार मुलुकी ऐन २०२० अदलको १३ (३) अनुसार २० वर्ष कैद गरिए पनि मुलुकी ऐनको दफा १७६ बमोजिम फैसला नहुँदै अभियुक्तको मृत्यु भए सजाय भोगिरहन नपर्ने उल्लेख गरिएको छ ।
मुद्दाको तहकीकात चलिरहेको बेला कसूरदारको मृत्यु भएको अवस्थामा पनि जीवित छँदा गरेको अपराधको सजायको भागीदार हुनुपर्ने जाहेरवालाका तर्फबाट सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank