दलित समुदायको प्रतिनिधित्वमा राजनैतिक दलको उदासीनता : समता फाउण्डेशन

दलित अनलाईन ६ असार २०७९, सोमबार २२:३६

 

काठमाडौं — संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो स्थानीय निर्वाचनमा दलित समुदायको उपस्थिति कामजोर रहको भन्दै दलित समुदायलाई राजनैतिक रुपमा बहिष्करणमा परेको समता फाउण्डेशनले औल्याएको छ ।

समता फाउण्डेशनले सोमबार विज्ञप्ती जारी गदै स्थानीय निर्वाचन, २०७९ को नतिजाले राज्यको एक चौथाई जनसंख्या ओगटेको दलित समुदायलाई राजनैतिक रूपमा बहिष्करणमा पारेका औल्याएको हो ।

नेपालमा भएका हरेक राजनैतिक परिवर्तनका संघर्षहरूमा दलित समुदायको उल्लेखनीय भूमिका रहँदैआएको छ । दलित समुदायको त्याग र बलिदानका कारण विभिन्न राजनैतिक उपलब्धिहरू प्राप्त भएको कुरा कसैले लुकाएर लुक्न सक्दैन । तर प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा, अवसरको समान उपभोग गर्ने बेलामा दलित समुदायलाई बहिष्करण पारिनु चिन्ताको विषय हो,’ अध्यक्ष दिप परियारको हस्ताक्षर सहितको विज्ञप्तीमा भनिएको छ ।


ऐतिहासिक रूपमा बहिष्करणमा पारिएको समुदायलाई राजनैतिक रूपमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने अनिवार्य संवैधानिक व्यवस्थालाई लत्याउँदै दलित समुदायको उपस्थितिलाई विगतको भन्दा झन कमजोर बनाउँदै लगिनु भनेको संवैधानिक मर्मको उपहास गरिएको समता फाउण्डेशनले ठहर रहेको उल्लेख गरेको छ ।
‘राजनैतिक दलहरूमा देखिएको यस प्रकारको बेवास्ताले समग्र लोकतान्त्रिक प्रक्रिया र अभ्यासमा प्रश्न उठ्न सक्छ’ विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले आगामी प्रदेश तथा संघीय निर्वाचनमा दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चितताको निम्ति जोडदार माग’

 समता फाउण्डेशनबाट जारी विज्ञप्ती 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank