दलित समुदायको उत्थानका लागि आवश्यक नीति बनाउनुपर्छ : प्रदेश प्रमुख तिलक परियार

दलित अनलाईन ५ पुष २०७८, सोमबार १२:३२

सुर्खेत— सुर्खेत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले दलित समुदायको उत्थानका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतले आइतबार भर्चुअल माध्यमबाट आयोजना गरेको दलित महिला तथा सिमान्तकृत समुदायको संवैधानिक तथा काुननी अधिकारी सुनिश्चितताको लागि कर्णाली प्रदेश स्तरीय सम्मेलनमा प्रदेश प्रमुख परियारले यस्तो बताएका हुन् ।
पछाडी परेको समुदायलाई माथि उठाउनका लागि प्रदेश सरकारले उचित नीति तथा कानुन बनाउनुपर्ने परियारले सुझाव दिए । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका निवर्तमान सदस्य डा. दीपेन्द्र रोकायले प्रदेश सरकारले बनाएका नीति तथा योजनामा दलित समुदायको सवाललाई समावेश गरिएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

यस्तै दलित अधिकारकर्मी तथा बुद्धिजीवी हिरा विश्वकर्माले कर्णाली प्रदेश सरकारले दलित सशक्तिकरण ऐन बनाउनुपर्ने सुझाव दिए ।
बरिष्ठ पत्रकार वविता वस्नेतले कर्णालीका महिला, दलित तथा सिमान्तकृत समुदायको सार्वजनिक सेवा र सूचनामा पहुँच पुग्न नसेको
औँल्याइन् । दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वर्माले संविधानमा उल्लेख गरिएका दलित समुदायका अधिकारलाई कार्यान्वयन गर्न तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताए । वादी संघर्ष समितिका संयोजक हिक्मत वादीले प्रदेश सरकारले आफूहरुसंग गरेको सहमतीको पालना नगरेको बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव आनन्द सारुले दलित लक्षित कार्यक्रमहरु यस बर्ष समयमै कार्यान्वयन हुनेमा विश्वता पारे । कार्यक्रममा नेप्सकोनका उपाध्यक्ष दलबहादुर वलीले दलित तथा पछाडी पारिएको समुदायका लागि संविधानमा उल्लेख गरिएका अधिकारहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसका लागि सामूहिक रुपमा पैरवी गर्न जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank