कैलालीको जंगलमा अरुण दासको घाँटी रेटेर हत्या

दलित अनलाईन ३ पुष २०७८, शनिबार २०:२१

धनगढी — कैलाली जानकी गाउँपालिका–९ का  २५ वर्षीय अरुण दासको घाँटी रेटेर  हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । अहिले घटनास्थल सिल गरेर अनुुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank