शिव बहादुर सुनारको पक्षमा माहोल राम्रो

दलित अनलाईन २६ मंसिर २०७८, आईतवार १९:१९

काठमाडौं  —मुलुकको जेठो राजनीतिक दल यतिवेला नेपाली कांग्रेस यतिवेला १४ औं महाधिवेशनको संघारमा छ । सो सन्दर्भमा विभिन्न नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

नयाँ कार्यसमितिको लागि भोली अर्थात् सोमबार विहानदेखि नै चुनाव हुँदैंछ । उक्त सन्दर्भमा नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएर भोट माग्न दौडधुप गरिरहेका छन् । यसरी भोट माग्न दौडधुप गर्ने जिल्ला उपसभापति तथा महासमिति सदस्य सिन्धुपाल्चोकका सक्रिय नेता शिव सुनार एक हुन् । उनले दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

२०४४ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक सुरु गरेका सुनार अहिले केन्द्रीय सदस्यमा उठका हुन् । उनले तत्कालिन समयमा नेपाल विद्यार्थी संघबाट राजनीतिक सुरु गरेका थिए । त्यसपछि २०४८ देखि २०५१ सम्म पार्टीको गाविस कमिटीको सचिव भएर पनि काम गरे ।
२०५४ सालमा नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिमा बसेर सुनारले लामो समय काम गरे । पार्टीको जिल्ला समन्वयन विभागको सदस्य बनेर पनि काम गरेका सुनारले राजनीतिक जीवन त्यतिमै सिमित भएन ।

राजनीतिक जीवनले फड्को नै मार्यो । २०६७ सालमा आएर उनी पहिलो पटक महाधिवेशन प्रतिनिधिमा चु्निए । उनी २०७२ को १३ औं महाधिवेशनमा पनि उनी प्रतिनिधि भए । जिल्ला उपसभापति भएर काम गरे सुनार नेपाल दलित संघ, पार्टीको दलित विभागमा बसेर पाटीभित्र र बाहिर सक्रिय रुपमा आफ्ना भूमिका निर्वाह गरेका छन् ।  अहिले केन्द्रीय सदस्य बन्ने लक्ष्य सहित १४ औं महाधिवेशनमा प्रनिनिधि भएर उनी काठमाडौं आएका छन् ।
चुनावी मैदान उत्रिदै गर्दाले उनले आफु केन्द्रीय सदस्यका लागि पुर्ण रुपमा योग्य भएको बताए । विगतमा पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेकाले अबको पालो केन्द्रीय कमिटी नै भएको उनको भनाइ छ ।
सुनारले दलित कोटाबाट केन्द्रीय कमिटीमा उम्मेदवार दिएका हुन् । विशेषगरि दलित समुदायका लागि हक अधिकारका लागि लड्ने भन्दै एजेण्डा बनाएका छन् । साथै, दलित समुदायलाई राजीनिक मुलधार ल्याउने पनि उनको एजेन्डा छ । दलितहरु पनि लोकतन्त्र, राष्ट्रियता, समाजवद जोगाउन सक्ने क्षमताको भएको उनको भनाइ छ ।
लामो समयदेखि महासमिति सदस्य भई काम गरेको हुँदा अब पार्टीको कन्द्रीय कमिटीमा बसेर काम गर्न पाउनु पर्ने उनको भनाइ छ ।
कांग्रेसले सविधान अनुसार पार्टीलाई नीतिगत रुपमा समावेशिताको व्यवस्था गरेको छ । त्यसभित्र बसेर आफुले दलित समुदायका हक हितका लागि लड्ने उनको भनाइ छ । सिंगो पार्टी र लोकतन्त्रको विकासका लागि पनि लड्ने उनको योजना छ ।
पार्टीले दिएको आरक्षण कोटा एउटै व्यक्तिले पटक पटक प्रयोग गर्न नहुने उनको भनाइ छ । एउटा व्यक्तिले बढीमा २ पटक मात्र आरक्षणको सुविधा लिनुपर्ने उनको भनाइ छ । त्यसपछि खुल्ला रुपमा नै लड्ने गरि सम्बन्धीत व्यत्तिले आफुलाई विकास गर्नुपर्ने उनले बताए ।
एउटै व्यक्तिले पटक पटक आरक्षण लिदाँ अन्य व्यक्ति पछाडी पर्ने र फगत सिगो समुदाय नै पछाडी पर्ने उनको तर्क छ ।
पार्टीलाई पनि थप सुद्धिढीकरण गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय ३०/४० लाख युवा मतदाताका रुपमा थपिएका छन् । उनीहरुलाई आर्कषण हुने गरि पार्टीलाई अगाडि बढानुपर्ने उनको तर्क छ । उनीहरुलाई आर्कषण गर्न नयाँ विचार, नयाँ एजेण्डा ल्याउनुपर्ने उनको भनाइ छ ।
नेतृत्वमा पनि नयाँ वर्ग, समुदाय र व्यक्तिलाई पनि अफर दिनुपर्ने सुनारले बताए । विशेषगरि पिछडीएका वर्गलाई अवसर दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank