दुर्गा सोवलाई मातृ शोक

दलित अनलाईन १३ श्रावण २०७९, शुक्रबार १९:५१

काठमाडौं — दलित महिला संघकी संस्थापक अध्यक्ष, राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्य सचिव तथा नेपाल समाजवादी पार्टीकी केन्द्रीय नेता दुर्गा सोवलाई मातृ शोक परेको छ ।

उनकी आमा सत्यदेवी सोवको विहिवार ललितपुरस्थित स्टार अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनको विहिबार नै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तयेष्टि गरिएको छ ।


अन्त्येष्टी कार्यक्रममा उनका आफन्त, इष्टमित्र तथा पार्टीका नेताहरुको बाक्लो उपस्थितिले भावपूर्ण श्रद्धान्जली व्यक्त गरे । आफ्नाी ममतामयी आमाको निधनमा अत्यन्त मर्माहत भएकी दुर्गा सोव तथा उनको परिवारलाई आफ्नै परिवारको सदस्य सरह ढाडस दिनेमा पूर्वपर्यटन मन्त्री तथा नेपाल समाजवादीकी नेता हिसिला यमी थिईन । श्रद्धान्जली कार्यक्रमको सुरुदेखि अन्त्येष्टीसम्म उनले भावविह्वल भएकी दुर्गा सोवलाई पटक पटक सान्त्वना र ढाडस दिएकी थिइनन् । यो दृष्यले त्यहाँ उपस्थित अन्य मलामी तथा सहभागीहरुलाई पनि भावविह्वल बनाई रहेको थियो । सो श्रद्धान्जली कार्यक्रममा नेपाल समाजवादी पार्टीका धेरै नेताहरुको उपस्थिति थियो भने त्यसमा भर्खरै निवर्तमान भएका कृषि मन्त्री महेन्द्रराय यादव पनि थिए ।

स्वर्गीय सत्यदेवी सोव सदुुर पश्चिमको डोटी मै जन्मेर त्यहीं आफ्ना छोराछोरीहरुलाई आवश्यक शिक्षा दिक्षा दिएकी थिईन । आफु निरक्षर भएता पनि शिक्षाको महत्व बुझेकी सत्यदेवीले जातीय तथा लैंगिक विभेदको राजधानी मानिने डोटी जस्तो ठाउँमा पनि अनेक प्रकारका विभेद, कष्ट तथा अभाव सहेर पनि छोरा छोरीलाई शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकी हुँदा उनलाई जनउत्थान प्रतिष्ठानले २०६२ सालमा रु १० हजारको भिममाया जनउत्थान पुरस्कार प्रदान गरेको थियो ।
उनले श्रीमानलाई चाडै गुमाए पछि पनि परिवारको रेखदेख मात्रै नगरिकन समाजमा उदाहरणीय योगदान पुर्याउने सन्तानको भरणपोषण गरेकीले सो पुरस्कार दिईएको थियो । सो पुरस्कार रकममा त्यत्तिकै रकम थप गरेर महिला शिक्षामा प्रयोग गर्नको लागि पुरस्कार प्रदान गर्ने संस्थालाई नै दिइएको थियो ।

खास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको दलित महिला आन्दोलनलाई स्थापित गरि केही हदसम्म अधिकार प्रत्याभूत गराउन समेत सफल दुर्गा सोवलाई त्यो स्थानमा पुर्याउन योगदान पुर्याएकी हुँदा न्यूज २४ मा सविना कोईरालावाट संचालित आमा कार्यक्रममा पनि उनलाई चित्रण गरिएको थियो । कुनै समयको चर्चित कार्यक्रम मध्येको एक सो कार्यक्रममा सत्यदेवीलाई चित्रण गरिनु आफैमा महत्वपूर्ण कुरा थियो । मान्छे जन्मिय पछि मर्नु पर्छ यो जीवनको शाश्वत नियम हो यसलाई कसैले वदलेर वदलिदैन तर आफ्नो जीवनकालमा देश र समाजको हितमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान गर्ने व्यक्तिहरु भनै सधै स्मरणीय हुने छन् । सत्यदेवीलाई चित्रण गरिएको आमा कार्यक्रम न्युज २४ तथा युट्युवको कुनै आर्काइभमा रहेको छ सो आर्काइभमा रहे जस्तै उनी हामी विच पनि रहि रहने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank