कर्णाली र प्रदेश दुईमा दलित समुदायका लागि तीन महिने कार्यक्रम

दलित अनलाईन २५ भाद्र २०७८, शुक्रबार १६:२८

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको बताए । उनले कर्णालीका दलित तथा गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरे । मन्त्री शर्माले कर्णाली र प्रदेश दुईमा दलित समुदायलाई लक्षित गरी गरिबी न्युनिकरणको कार्यकम संचालन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank