सांसद दोबाटे विश्वकर्मा भन्छन्- पार्टीभित्रबाट समावेशिता सिद्धान्तको अपमान गरियो

दलित अनलाईन ८ श्रावण २०७८, शुक्रबार १५:२०

काठमाडौं — गण्डकी प्रदेश सभाका संसाद दोबाटे विश्वकर्माले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीले आफुमाथि अपमानजन्य व्यवहार गरेको बताएका छन् ।
संसाद विश्वकर्माले मुख्यमन्त्री सचिवालयले मन्त्रीको सपथ लिने जानकारी दिएरपछि सपथ लिनका लागि घरबाट निस्किनु अघि नै आफुमाथि अपमानजन्य व्यवहार गरेको बताएका हुन् ।

संसाद विश्वकर्माले बिहीबार पार्टी बैठकमा आफ्नो नाम पनि अन्तिम ५ मा राखेर छलफल चलेको र सोही अनुरुप सहमति भएको बताए ।  संसाद विश्वकर्माले आफुँले लामो समयदेखि पार्टीभित्र रहेर निष्ठापूर्ण राजनीतिमा लागेपनि आफ्नो राजनीतिमा अपराध भएको बताए । ‘नाम काटिएको जानकारी पाए । यो पार्टीभित्रको अपराध हो ,’ दलितअनलाईनसँग कुरा गर्दै उनले भने, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र ?’
सांसद विश्वकर्माले आफू यसबारे धेरै बोल्न नचाहेको भन्दै भने, ‘पार्टीभित्र समावेशिता र समानुपातिकको एउटा सिद्धान्त छ । तर त्यही सिद्धान्तको अपमान गरियो ।’

पार्टीभित्र रामचन्द्र निकट मानिने विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन चाहेका थिए ।
विश्वकर्मालाई पाखा लगाउँदै विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि सबैभन्दा पहिले मन्त्री हुने चर्चामा थिए । तनहुँका दोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएपछि पार्टीभित्र रामचन्द्र निकटका नेताहरुले मन्त्री चयनलाई लिएर पार्टीभित्र गम्भिर ढंगबाट कुरा उठाउने कांग्रेसका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank