सरकारले वितरण गर्‍यो भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार

दलित अनलाईन २५ असार २०७८, शुक्रबार १८:३७
काठमाडौं— सरकारले भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार वितरण गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित  कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
दलित  आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको नामबाट स्थापित पुरस्कार सरकारले प्रत्येक वर्ष तीन जनालाई जनही एकलाख रुपैया सहित ताम्रपत्रले सम्मान गर्ने गर्दछ ।
यस वर्ष भने दलित आन्दोलन मानव अधिकारको क्षेत्रमा क्रियाशिल ईन्सेक र जागरण मिडिया सेन्टरलाई प्रदान गरिएको छ भने व्यक्ति तर्फ लामो समयदेखि दलित आन्दोलनमा क्रियाशील पुरन सिंह दयाललाई वितरण  गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार वितरण गरे ।
भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष पुर्वमन्त्री छविलाल विश्वकर्माको विशेष पहलमा स्थापना गरिएको उक्त पुरस्कार नेपाली दलित आन्दोलनलाई सम्मान गरिएको अहिले सम्मकै ठुलो पुरस्कार हो । भगत सर्वजित विश्वकर्माको नाममा यस अघि सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेको छ ।
भगत सर्वजित विश्वकर्माको जन्म १९५० चैत ११ गते अहिलेको बाग्लुङ नगरपालिका -७ गैरागाउँ (ठाडास्वाँरा ) मा भएको थियो । भारतको बनारस बाट संस्कृत पढेर आएर नेपालमा दलित माथिको थिचोमिचो हटाउन पर्छ भनेर राणाकाल मा विद्रोह गर्ने उनी पहिलो दलित नेता हुन । ठुलठुला राजनीतिक परिवर्तन भए पनि उनलाई सधै  ओझेलमा पार्ने काम सरकारी तबरबाट भएको थियो ।
७५ वर्ष अघि अर्थात २००३ सालमा सर्वजन संघस्थापना गरि पहिलो दलित मुक्तिको अभियान अगाडी बढाएका थिए । नेपालको सबै भन्दा पुरानो आन्दोलनमा  दलित आन्दोलनमा  भए पनि सबै भन्दा पछाडी यहि समुदाय लाई पारिएको छ ।
सरकारले भगत सर्वजितलाई केही मानेमा सम्झे पनि उनले देखाएका बाटो भने अहिले सम्म पनि अधुरै रहेको भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालका उपत्यका कमिटीका सचिव रामलाल राजवंशीले बताए । भगत सर्वजित आफ्नो समयका एक नायक हुन , प्रथम पुरुष हुन । उनी दलित मुक्ति आन्दोलनका विचार निर्माता हुन, संगठनकर्ता हुन उनले भने । सरकारले केही सम्मान दिए पनि उचित सम्मान नदिएको राजवंशी को गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank