प्रचण्ड- माधव समूहको विरोधसभा (LIVE)

दलित अनलाईन २८ माघ २०७७, बुधबार १३:३७

काठमाडौँ  — प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । दाहाल-नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गरेको हो ।

प्रदर्शनका लागि विभिन्‍न नेतालाई जिम्मेवारी दिइएको थियो । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरुको नेतृत्वमा जुलुस निकालेको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदले गरेका थिए । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गरेका थिए ।

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गरेका छन् ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गरेका छन् । जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गरेको केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank