जातीय छुवाछूतको संरक्षण गर्ने शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीको संरक्षण : सांसद खिमकुमार विश्वकर्मा

दलित अनलाईन २४ असार २०७८, बिहीबार १२:३९

 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सरकारले तत्कालै पदबाट बर्खास्त गर्नुपर्ने राष्ट्रिय सभाका सांसद खिमकुमार विश्वकर्माले माग गरेका छन् ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माल दलित भएकै कारण रुपा सुनारलाई कोठा भाडामा नदिने घरभेटीलाई छुटाउन सरकारका मन्त्री नै संग्लन हुनु आपत्तिजनक मात्र नभएर देशकै बेइज्यत भएको भन्दै सरकारले तत्कालै पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

दलित समुदायको हक अधिकार स्थापित गर्ने सांसद विश्वकर्माले यस अघि पनि राष्ट्रिय सभा पटक पटक विशेष जोड दिएर समुदायको पक्षमा चर्को आवाज उठाउने गर्छन् ।

सञ्चरकर्मी रूपा सुनारलाई दलित भएका कारण सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि कानूनी कारवाहीको लागि हिरासतमा पुगेकी प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुग्नु संविधानले सुनिश्चित गरेको अधिकारलाई सरकारकै मन्त्रीले वेबस्ता गरी उल्टो छुवाछुतको संरक्षणमा लाग्ने मन्त्रीलाई सरकारले संरक्षण गरेको दावी गरे ।

‘ यो रुपा सुनारको मात्र विषय होइन । संविधानले प्रदत्तत गरेको हक अधिकारको संरक्षण गर्ने समय हो । मन्त्री नै छुवाछूतलाई संरक्षण गर्ने सरकारी गाडी लिएर जान मिल्छ ? यसलाई गम्भीर रुपमा लिनुपर्छ, ‘जातीय छुवाछूतको संरक्षण गर्ने जो केही भएपनि कानुनी कारबाही हुनुपर्ने ।’

प्रधानमन्त्रीले जातीय छुवाछूतको संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई  कारबाही गर्नुको साटो उल्टो संरक्षण गरेको राष्ट्रिय सभाका सांसद  खिमकुमार विश्वकर्माले  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank