काठमाडौँ — कोठा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधान थुनामुक्त भएकी छन् । सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाेड्न भनेपछि उनी थुनामुक्त भएकी हुन् ।
जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
Leave a Reply